बिममा सार्वजनिक सुनुवाई

सन्तोष गौतम/ विकल्प
बिम १३ जेठ ।IMG_5683म्याग्दीको मालीका गाउँपालीका ७ बिममा बुधबार सार्वजनीक सुनुवाई सम्पन्न भएको छ ।

संगम म्याग्दी, म्याग्दी मिडिया सोसाईटीको समन्वय र गाउँपालीकाको आयोजनामा सेवाप्रवाहमा सुधार तथा विकास निर्माणलाई पारदर्शी बनाउन, जनताको गुनासो, सुझाव, अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनीक सुनुवाई गरिएको हो ।IMG_5689कार्यक्रममा सहभागी बिमका बासिन्दाहरुले गाउँपालीका र वडा कार्यालयमा दरबन्दि अनुसारका कर्मचारीको अभाव हुँदा समयमै सेवा प्राप्त गर्न नसकेको, उपभोक्ता समिति मार्फत काम गर्दा झञ्जट भएको, कृषि क्षेत्रलाई बजेट बिनियोजनका क्रममा उपेक्षा गरिएको गुनासो गरेका थिए ।

उनिहरुले गाउँपालीकामा प्रमुख प्रशासकीय अधिकृत, लेखापाल लगायतका कर्मचारी नियमित बसेर सेवा दिनुपर्ने, जनप्रतिनिधिहरुले बिभेद रहित दंगले विकास र सेवा प्रवाहमा सहजिकरण गर्नुपर्ने सुझाव दिएका छन् ।

गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालुले एक जना लेखापालले जिल्ला प्रशासन र गाउँपालीकाको काम गर्नुपर्ने बाध्यताका कारण आलो पालो गरेर काम गर्दै आएको, लेखापाल नहुँदा प्रशासकीय अधिकृतको पनी काम नहुने भएकाले गाउँपालीका मात्रै हेर्नेगरी लेखापाल तथा दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था मिलाउन पहल गरिएको बताउनुभयो ।
गत वर्ष कृषि मन्त्रालयको गलत सुचनाका कारण पर्याप्त बजेट बिनियोजन हुन नसकेको स्वीकार गर्दै यसपाली कृषिका कार्यक्रमलाई गौरवका आयोजनामा समेटिएको बताउनुभयो ।
वडा अध्यक्ष रेशम जुक्जालीले बिममा चालु आर्थिक वर्षमा एक करोड ५६ लाख रुपैया बजेटका योजनाहरु मध्य ४ वटा अन्तिम चरणमा पुगेको र अरु सम्पन्न भईसकेको जानकारी दिनुहुदै पारदर्शी तवरले काम गर्ने र भ्रष्ट्राचार अनियमितता विरुद्ध शूल्य शहनशिलता अपनाउने बताउनुभयो ।

विकास निर्माण, आयआर्जनको काममा सक्रिय बन्न स्थानीयबासीलाई आग्रह गर्दै वडा अध्यक्ष जुक्जालीले पूर्वाधार तयार पारेपछि कृषि र उत्पादनको क्षेत्रमा लगानी बढाउने योजना रहेको बताउनुभयो । वडा अध्यक्ष जुक्जालीको अध्यक्षता, वडा सदस्य बुद्धीबहादुर जुक्जालीको स्वागत, शिक्षक सुरमान गर्बुजाको सञ्चालन, पत्रकार सन्तोष गौतम र ठाकुरप्रसाद आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रमको उद्देश्यका बारेमा संगम म्याग्दीका हिरा शर्माले जानकारी गराउनुभएको थियो ।
मालीका गाउँपालीकाले ७ वटै वडामा सार्वजनीक सुनुवाई गर्ने कार्यक्रम बनाएको छ ।