दरवाङलाई सफा र सुन्दर बनाउन टोल विकास समिति सक्रिय

विकल्प न्यूज/बेनी
असार १२ गते ।

darbang-bazarमालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई सफा सुग्धर बनाउन टोल विकास समिति सक्रियता देखाएका छन् । स्थानीय तह कार्यान्वयनसंगै गठन भएका समिति मार्फत नियमित सरसफाई अभियान सञ्चालन गरेर म्याग्दीको दोस्रो सदरमुकाम र पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र दरवाङ बजारलाई चिटिक्क बनाउन सक्रिय बनेका हुन् ।

सार्वजनिक स्थलमा फोहोर नफाल्ने र घरायसी फोहोर ब्यवस्थापनमा सर्तकता अपनाउन पहल गरेका समिति मार्फत मासिक दुई पटकका दरले सरसफाई कार्यक्रम गर्दै आएका छन् । टोल विकास समिति सक्रिय बनेपछि फोहोर ब्यवस्थापन गरी सरसफाई कायम गर्न सजिलो भएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । IMG_3798दरवाङ बजारमा छ वटा टोल विकास समिति गठन भएको छ । प्रत्येक महिनाको १ गते सार्वजनिक स्थलको सरसफाई कार्यक्रम गरेर फोहोर ब्यवस्थापन गरिदै आएको नयाँ बजार टोल विकास समितिकी अध्यक्ष रवीना पुनले बताउनुभयो । सरसफाई अभियान, बैठक र भेलालाई असहयोग गर्ने तथा जथाभावी फोहोर गर्नेलाई जरिवाना समेत तिराउने नियम बनाइएको अध्यक्ष पुनले बताउनुभयो ।IMG_3816फोहोर व्यवस्थापनलाई दिगो बनाउन समिति मार्फत बैठक बस्दा नियमित शूल्क पनि उठाउने गरिएको छ । घरमा निस्कने फोहोर ट्याक्टर मार्फत ब्यवस्थापन गरिँदै आएको छ । फोहोर ब्यवस्थापनका लागि ट्याक्टर खरिद प्रक्रिया अघि बढाएको गाउँपालिकाले डम्पीङ साईटको खोजी गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

चालु आर्थिक वर्ष भित्रनै ट्याक्टर खरिद गरिने प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताउनुभयो । करिब तिन सय घरधुरीको बसोबास रहेको दरवाङमा खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले ढल निकास सहितको खानेपानी तथा सरसफाई आयोजना निर्माण सुरु गरेको छ । गाउँपालिका र वडा कार्यालयले ढल ब्यवस्थापन गर्न नाली निर्माणमा जोड दिएको जनाएका छन् ।