अन्नपुर्ण गाउँपालिका
भुरुङ तातोपानीमा बाढीले दुई घर पु¥यो, सात घरमा क्षति

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढीले नौ वटा घरमा क्षति पु¥याएको छ । भिषण बर्षापछि बजार माथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा दुई घर पूर्ण र सात वटा घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजार र लट्टे गिरीको घरमा पूर्ण […]
अन्नपूर्णमा थप तीन कार्यबिधी पारीत

सन्तोष गौतम म्याग्दी २७ बैशाख । अन्नपूर्ण गाउँ पालिकाले स्थानीय सरकार सञ्चालन सम्बन्धि ऐन, कानुन, कार्यबिधी तयार पार्ने कामलाई तिब्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा पोखरेबगर स्थित कार्यालयमा यसैहप्ता बसेको कार्यपालिका बैठकले थप तिन वटा कार्यबिधी पारित गरेको छ । सहकारी सञ्चालन, उपभोक्ता समिति गठन र घ बर्गको निर्माण ब्यवसायी ईजाजत दर्ता, […]
तातोपानीमा पर्यटक…..

विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर नवविकल्प
पोखरेबगर–चित्रे सडक आयोजनाको अन्यौलता हट्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ बैशाख । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी नजिकैको चित्रे जोड्ने सडक स्तरोन्नतीको लागि डिपीआर तयार पार्ने काम अघि बढेको छ । समुदाय स्तरमा जग्गा सम्बन्धि बिवादको समाधान र जनप्रतिनिधिहरुको पहलले अन्यौलमा परेको आयोजना कार्यान्वयनको बाटोमा अघि बढेको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको भुकम्प […]
शिख माविमा पूर्वाधार निर्माण तिब्र

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ब्रिटीस गोर्खा वेयलफेयरको सहयोगमा […]
राम्चेबासी विद्यालय भवन बनाउन जुटे

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाले सरकारी निकायबाट प्राप्त भएको बराबर रकम र श्रम स्थानीय स्तरमा जुटाएर विद्यालयको पक्कि भवन निर्माण सुरु गरेका छन् । देउराली आधारभुत विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराए बराबरकै लगानी स्थानीयले गर्न लागेका हुन् । जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका […]
संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह

विकल्प न्यूज/बेनी बैशाख २० गते । प्रशस्त पर्यटकीय सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग अन्तरगतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बिचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझलमा परेको हो । मोहरेडाँडामा पर्यटकको आगमन बढेपनि कालीदह सुनसान […]
राम्चेको देउराली विद्यालयमा पच्चिस लाखको अक्षयकोष स्थापना

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयमा समुदायको पहलमा पच्चिस लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दि भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक सुधारका लागि स्थानीयबासीको पहलमा २५ लाख दश हजार १९५ रुपैयाँको अक्षयकोष स्थापना […]
महभिर–घराम्दी–पेरीभारानी सडक ः विकासमा जनसहभागिताको नमुना

विकल्प न्यूज/बेनी बैशाख १९ गते । घराम्दी/ सरकारी निकायबाट करोडौ बजेट बिनियोजन भएका पूर्वाधार आयोजनामा ढिलासुस्ती, अनियमितता, कमीसनको विकृति मौलाईरहेका बेला अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका छन् । सरकारी बजेटलाई चारोझै छरेर विकासको बाहनामा बेतिथि, बिकृति र भ्रष्ट्राचार गर्नेहरुलाई दुर्गम र बिकट बस्ती घराम्दीका बासिन्दाले आफै आर्थिक स्रोत जुटाई […]
अन्नपूर्ण गाउँपालिकाको दुई वटा कार्यबिधी पारित

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले दुई वटा कार्यबिधी पारित गरेको छ । पोखरेबगर स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको नियुक्ती र सरुवा सम्बन्धि कार्यबिधी पारित गरेको छ । यसैगरी भारतीय दुतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनका लागि तयार पारिएको कार्यबिधी समेत […]
हिस्तान राम्चे सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु

विकल्प न्यूज/बेनी बैशाख १९ गते । ट्याक खुलेको छ वर्षपछि अन्नपूर्ण गाउँपालिकाको ७ नम्बर वडामा पर्ने महभिर देखि हिस्तान हँुदै ८ नम्बर वडा राम्चे जोड्ने हिस्तान राम्चे सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु भएको छ । साँघुरो, जिर्ण, नमिलेका घुम्ती र ग्रेड नमिलेको उकालो सडकलाई सुधार गरेर नियमित सवारी सञ्चालन गराउने उद्देश्यले गाउँपालिकाले सडक मर्मत […]
महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम /विकल्प न्यूज घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरिक तिलीसरा […]
पुनहिलमा सार्वजनिक शौचालय निर्माण

विकल्प न्यूज/बेनी बैशाख १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय स्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण भएको छ । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुबिधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तिन वटा सार्वजनिक शौचालय निर्माण भएको हो । पर्यटक याममा दैनिक पाँच […]
खुल्यो करबाकेली पदमार्ग

सुरेन्द्र राना/म्याग्दी बैशाख १३ गते । संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग एक्सप्लोर […]
अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै

अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै । तस्विर नवविकल्प