ताजा समाचार:
Search

राम्चेबासी विद्यालय भवन बनाउन जुटे

विकल्प न्यूज/बेनी
बैशाख २० गते । ramche school photoअन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाले सरकारी निकायबाट प्राप्त भएको बराबर रकम र श्रम स्थानीय स्तरमा जुटाएर विद्यालयको पक्कि भवन निर्माण सुरु गरेका छन् । देउराली आधारभुत विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराए बराबरकै लगानी स्थानीयले गर्न लागेका हुन् । जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका लागि बहुवर्षे योजना अन्तरगत ३६ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा बन्न लागेको भवन सरकारी बजेटले पूर्ण नहुने भएपछि स्थानीयबासीबाट थप रकम जुटाएर निर्माण सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पुनले बताउनुभयो ।

सत्तरी लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि हालसम्म स्थानीयबासीबाट १२ लाख रुपैया सहयोग प्राप्त भएको छ । समुदायबाट नगद तथा श्रमदान गरेर तिस लाख बराबरको योगदान जुटाउनुपर्ने अध्यक्ष पुनले बताउनुभयो ।

विद्यालयको पुरानो कक्षा कोठा भवन दुई वर्षअघिको भुकम्पका कारण जिर्ण बनेको थियो । वि.स २०३२ सालमा स्थापना भएको कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।