भुरुङ तातोपानीमा बाढीले दुई घर पु¥यो, सात घरमा क्षति

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० बैशाख । Bhurung ma badhi photo (1)म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी बजारमा आइतबार दिउँसो बाढीले नौ वटा घरमा क्षति पु¥याएको छ । भिषण बर्षापछि बजार माथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा दुई घर पूर्ण र सात वटा घरमा आंशिक क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजार र लट्टे गिरीको घरमा पूर्ण रुपमा क्षत्ती पुगेको छ ।

स्थानीय रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत बाढी पसेर क्षती पु¥याएको छ । पौडेलको स्टेशनरी र किराना पसलमा समेत बाढीले क्षती पु¥याएको छ । त्यस्तै टेकस इन लगायतका केही होटल र घरहरुमा समेत बाढी पसेको छ ।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घरहरु प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडा लगायत घरायसी सामानमा क्षत्ती पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयबासीको टोलीले क्षत्तीको विवरण संकलन गरिरहेको छ । Bhurung ma badhi photo (3)दिउँसो तिन बजे देखि डेढ घण्टा सम्म भएको भिषण बर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासी बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापनको काम गरिरहेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताउनुभयो। Bhurung ma badhi photo (5)बर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको सुपर भाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।  Bhurung ma badhi photo (4)घट्टेखोलामा बाढीले निर्माणधिन पुलमा समेत क्षति पु¥याएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटकहरु समस्यामा परेका छन् ।