अन्नपुर्ण गाउँपालिका
मृगौला पीडित पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार सहयोग

विकल्प न्यूज/बेनी कार्तिक ३० गते । दुवै मृगौला पीडित अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युके रहेको म्याग्देलीहरुको सहयोगबाट उठेको रकम शुक्रबार पीडित डौमायालाई हस्तान्तरण गरिएको हो । रोजगारको शिलशिलामा युकेमा रहेका ओम रोकाको संयोजनमा संकलन भएको सो रकम बेनी […]
खोप्रालेकमा निःशुल्क वाईफाईले सवैलाई सुविधा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २६ गते । पोखराकी प्रशन्न खड्का क्षेत्रीले खोप्रालेकबाट सामाजिक सञ्जाल फेसबुकमा धौलागिरी हिमशृङ्खलाको तस्विर पोस्ट गर्नुभयो । त्यस्तै पोखराकै प्रेम कार्कीले पनि अन्नपूर्ण र निलगिरी हिमालको तस्विर पोष्ट गर्नुभयो । लगत्तै क्षेत्री र कार्कीका साथीहरुले कमेन्ट गरे वहा वहा खोप्रामा पनि इन्टरनेट ! क्षेत्री र कार्कीलाई यो सुविधा यहाँ […]
हिमालको फेदीमा सामूहिक चौंरीपालन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रालेक,म्याग्दी कार्तिक १७ गते । अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रालेकमा पालिएका चौंरीगाई र यहाँबाट देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले […]
किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्वस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो । तीन तहको सरकार […]
खोप्रामा पर्यटकको चहलपहल वढ्यो(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रा,कार्तिक ८ गते । म्याग्दीको अन्पूर्ण गाउँपालिका ५ पाउद्धारको टुप्पोमा रहेको खोप्रालेकमा पर्यटकको चहलपहल वढेको छ । पर्यटन सिजन सुरु भएलगत्तै खोप्रालेकमा आउने आन्तरिक एवम् वाह् पर्यटकको संख्यामा वृद्धि भएको हो । आकर्षक पर्यटकीय गन्तव्यका रुपमा देशविदेशमा खोप्रालेकले चर्चा पाउन थालेपछि यहाँको भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको छ । खोप्रालेकबाट […]
पुनहिलमा पर्यटकको भीड

विकल्प न्यूज/बेनी असोज २९ गते । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो । अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन […]
तातो पानी कुण्डमा पर्यटक बढे (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज २८ गते । पर्यटन सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानी कुण्डमा आन्तरिक एवम् वाह्य पर्यटकको भीड लागेको छ । मुक्तिनाथ दर्शन गरेर फर्किने धार्मिक पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा निस्केका विदेशी पर्यटकहरुका कारण कुण्डमा भीड वढेको हो । पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु तातोपानीमा एकदिन बसेर […]
मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]
प्रसारण लाइन निर्माणमा अवरोध

घनश्याम खड्का /बेनी असोज १५ गते । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले औंल्याएको सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्च नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका ३ दानाका बासिन्दाले कालीगण्डकी प्रसारण लाइन निर्माणको काममा अवरोध गरेका छन् । दानादेखि पर्वतको कुश्मास्थित सबस्टेसन जोड्नेगरी निर्माणाधीन २२०, १३२, ३३ र ११ केभीए प्रसारण लाइनमा अवरोध गरेका हुन् । अन्नपूर्ण २ नागढुंगा छेउमा बेनी–जोमसोम सडक आयोजनाले […]
स्थानीयको अवरोध पछि मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयवासीहरुले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य बन्द भएको हो । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिएको पानीले पहिरो गएको र त्यसको नियन्त्रणमा आयोजनाले बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण […]
घारखोला जलविद्युतमा समझदारी

म्याग्दी — स्थानीयवासीसँगको असमझदारी साम्य भएपछि निर्माणाधिन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको बाँध र सुरुङ निर्माण अवरोध हटेको छ । सामाजिक सहयोग कार्यक्रमअन्तर्गत आयोजनाले प्रभावित क्षेत्र अन्नपूर्ण गाउँपालिका ५ र ६ मा कुल लागतको शुन्य दशमलव ७५ प्रतिशतले हुने १ करोड ८० लाख रुपैयाँ गाउँपालिकाको रोहवरमा खर्च गर्ने सहमति भएपछि अवरोध हटेको हो । आयोजनाका प्रतिनिधि, गाउँपालिका […]
घारखोला जलविद्युत आयोजनाको निर्माण रोकीयो

विकल्प न्यूज/बेनी असोज ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल […]
काभ्रेभिरमा अवरुद्ध सडक खुल्यो

विकल्प न्यूज/बेनी असोज ७ गते । बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको काभ्रेभिरमा अवरुद्ध सडक आइतवार साँझदेखि खुलेको छ । नेपाली सेना र नेपाल प्रहरीले विस्फोटक पदार्थको सहायताबाट पहरा फुटाएर ट्रयाक खोलेको हो । एकहप्ताको प्रयासपछि सडक खुलाइएको छ । मुस्ताङ जाने तिर्थयात्रीको चाप हुने समयमा सडक बन्द हुँदा समस्या हुने भएकाले सडक […]
काफलडाडाँका स्थानीयको श्रमदानबाट पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी भदौ १९ गते । तस्विर ः काफलडाँडाँमा रहेको करवाकेली मन्दिर अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिनुभयो । […]
बेनी जोमसोम सडक जीर्ण भएपछि यात्रुलाई सास्ती

विकल्प न्यूज/बेनी भदौ १९ गते । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक जीर्ण बनेको छ । बाढी र पहिरोका कारण ७६ किलोमिटर लामो सो सडकको बेनीदेखि घाँसा खण्ड छियाछिया भएको छ । सडक जीर्ण बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको अन्नपूर्ण गाउँपालिका–६ घारका ठाकुरप्रसाद बरुवालले बताउनुभयो । पच्चीस किलोमिटरको यात्रा गर्न डेढ घण्टा बढी समय […]