खोप्रामा पर्यटकको चहलपहल वढ्यो(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
खोप्रा,कार्तिक ८ गते । DSC_0299       म्याग्दीको अन्पूर्ण गाउँपालिका ५ पाउद्धारको टुप्पोमा रहेको खोप्रालेकमा पर्यटकको चहलपहल वढेको छ । पर्यटन सिजन सुरु भएलगत्तै खोप्रालेकमा आउने आन्तरिक एवम् वाह् पर्यटकको संख्यामा वृद्धि भएको हो ।

आकर्षक पर्यटकीय गन्तव्यका रुपमा देशविदेशमा खोप्रालेकले चर्चा पाउन थालेपछि यहाँको भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको छ । DSC_0329खोप्रालेकबाट धौलागिरी,अन्नपूर्ण,निलगिरी, चुरने,गुर्जा लगायतका हिमशृङ्खलाको नजिकबाट अवलोकन गर्न सकिन्छ ।
दशैं र तिहार विदाको समय पारेर खोप्रा र खयरलेकको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको खोप्रा सामुदायिक लजका प्रबन्धक नविन पुनले बताउनुभयो । DSC_0458दैनिक रुपमा आन्तरिक र वाह्ै गरि पचास देखि एकसयको हारहारीमा पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । पर्यटकको चाप वढेपछि खान र वस्ने व्यस्था मिलाउनका कठिन हुनथालेको उहाँले बताउनुभयो ।

यहाँ आउन निकै कठिन महशुस भएको थियो पहिलो पटक खोप्रा आएकी बागलुङकी प्रमिला कुँबरले भन्नुभयो ‘यहाँ आइसकेपछि स्वर्गको अनुभूति भयो ।’ नजिकबाट हिमालहरुको दृश्यवलोकन गर्न सकिने खोप्रा साच्चिकै मनमोहक छ उहाँले भन्नुभयो । DSC_0428
यस्तै घार स्थायी घर भई हाल पोखरामा अध्ययन गर्ने प्रशन्न खड्का क्षेत्रीको अनुभव पनि उस्तै छ । घारबाट दिनभरको यात्रा पछि खोप्रा आउनुभएकी क्षेत्रीले दिनभरको थकानलाई यहाँको सौन्दर्यताले विर्साइदिएको बताउनुभयो । DSC_0375भौतिक पूर्वाधारको विकास गर्नुका साथै प्रचारप्रसार गर्न सकेमा खोप्रालाई म्याग्दीकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने संभावना रहेको उहाँले बताउनुभयो ।DSC_0189यस्तै पोखरा बुद्धचोकका प्रेम कार्कीले खोप्रामा आन्तरिक पर्यटकलाई वृद्धि गर्नका लागि यहाँको भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । पहिलो पटक खोप्राको भ्रमणमा आउनुभएका कार्कीले यहाँको सुन्दरताका वारेमा थप प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । DSC_0349अन्नपूर्ण गाउँपालिका ५ पाउद्धार र ८ नागीका स्थानीयले खोलेको सामुदायिक होटलमा २४ जना पर्यटक मात्र वस्न सक्ने क्षमता छ । पर्यटकको संख्यामा वृद्धि भएपछि पर्यटकलाई टेन्टमा राख्ने व्यवस्था मिलाइएको प्रबन्धक पुनले बताउनुभयो ।

पहिला फाटुफुट मात्र पर्यटकहरु आउने गर्दथे प्रबन्धक पुनले भन्नुभयो ‘पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि हुनथालेपछि अहिलेको लजको क्षमताले धान्न नसकेपछि लजको क्षमता विस्तार गर्न लागेका छौं ।’ DSC_0336सामुदायिक लज र फ्रेन्च नागरिक बेथोको संयुक्त लगानीमा लजको क्षमता विस्तार गर्न लागिएको उहाँले बताउनुभयो ।
करिव ३ करोडको लागतमा सुविधा सम्पन्न लज निर्माण गर्न थालिएको छ ।DSC_0372अहिले सम्म ६४ लाख रुपियाँ खर्च भइसेको सामुदायिक लज व्यवस्थापन समितिका कोषाध्यक्ष भिमवहादुर पुनले बताउनुभयो । आगमी दुइवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।DSC_0175सामाजिक अभियान्ता महाविर पुनको पहलमा २०५३ बाट खोप्रामा सामुदायिक लजको निर्माण गरिएको थियो । लजबाट प्राप्त आम्दानी पाउद्धार मावि पाउद्धार र हिमाञ्चल मावि नागीको शैक्षिक विकासका लागि खर्चिने गरिएको छ ।DSC_0174 गत वर्ष लजबाट ३७ लाख रुपियाँ आम्दानी भएको कोषाध्यक्ष पुनले बताउनुभयो । पर्यटकको सुविधाका लागि लजमा २४ सै घण्टा फ्रि वाईफाईको साथै विद्युतको सुविधा समेत गरिएको छ । पाउद्धार देखि खोप्रा पुग्नका लागि स्थानीयवासीहरुको लगानीमा व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।