ताजा समाचार:
Search

म्याग्दी समाचार

क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गीतको म्युजीक भिडीयो सार्वजनिक

विकल्प न्यूज/बेनी भदौ ९ गते । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गीतको म्युजीक भिडीयो शुक्रबार सार्वजनिक गरिएको छ । अनील बानियाँले शब्द रचना गर्नुभएको फेसबुक खोलेर….. र एैनासरी…… बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा दिपक शर्माको संगित रहेको छ […]

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको साथ

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट एक लाख ६५ […]

उत्कृष्ट खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी भदौं ८ गते । प्रथम छात्रा फुटबल प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले खेलाडीहरुलाई सम्मान गरेको छ ।  राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा उत्कृष्ट घोषित विभिन्न विधाका खेलाडीलाई सम्मान गरिएको थियो । बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभुत विद्यालयकी बौद्धिक अपाङ्गता कमला बरुवाल, आर्चरी खेलाडी राज पुर्जा, बंगलादेशमा आयोजित कराँते खेलमा स्वर्ण पदक विजेता चन्द्र […]

प्रथम छात्रा फुटबलको उपाधी वेष्ट प्वाइन्टलाई

विकल्प न्यूज/बेनी भदौं ८ गते । सदरमुकाम बेनी बजारमा आयोजित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबलको उपाधी बेनीको न्यू वेष्ट प्वाइन्टले जितेको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगितामा बेनी सामुदायिक माविलाई एकका विरुद्ध दुइ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । महिलाहरुको हरितालिका तीजको अवसरमा ‘हामी पनि सक्छौं’ भन्ने मुल नारासहित आयोजित प्रतियोगितामा […]

झिँ र पाखापानीले किन गरे मौवाफाँट केन्द्रको विरोध ?

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ भदौ । झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।रघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले एक विज्ञप्ती […]

यस्तो छ दाजुभाई बाख्रा फार्मको सफलता

विकल्प न्यूज/बेनी भदौ ८ गते । बेनी नगरपालिका ४ तातोपानीका दुई कृषक व्यवसायिक बाख्रापालन मार्फत स्वरोजगार बनेका छन् । तातोपानीको टिमीलाखर्कका बिष्णुदत्त र छवीलाल उपाध्यायले व्यवसायिक बाख्रापालन गरेर स्वरोजगार बन्नुका साथै राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । दुई वर्षअघि ७ लाख रुपैयाँ लगानी गरेर उपाध्याय दाजुभाईले भाई भाई बाख्रा फार्म स्थापना गर्नुभएको थियो ।फाइल […]

अन्नबाली छाडेर सुन्तला खेती

विकल्प न्यूज/बेनी भदौ ८ गते । बेनी नगरपालिका ३ मरेकका ईन्द्रबहादुर थापाले ब्याडमा असारमा रोप्नलाई तयार भएको विउ त्यतीकै छाडेर सुन्तलाका बिरुवा लगाउनुभयो । नौ मुरी धान फल्ने खेतमा रोप्नका लागि तयार भएको धानको विउलाई ब्याडमै छाडेर दुई सय बोट सुन्तलाका नयाँ बिरुवा लगाउनुभएको हो । “अन्नबालीले लगानी पनि नउठ्ने, उत्पादनले बजार नपाउने, खडेरी, असीनाले […]

रुईसेमा भ्यु टावर निर्माण गरिने

विकल्प न्यूज/बेनी भदौ ८ गते । जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालीएको छ । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसेलाई भ्यु प्वाईन्टको रुपमा विकास गर्न रघुगंगा गाउँपालिका र वडा कार्यालयले पहल गरेका हुन् । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी रुईसेमा पर्यटक भित्र्याउने योजना अघि बढाइएको वडा […]

व्यवसायिक पशु फार्मलाई सोह् लाख अनुदान

विकल्प न्यूज/बेनी भदौ ८ गते । म्याग्दीका व्यवसायिक बाख्रा र बंगुरपालक कृषकहरुलाई जिल्ला पशु सेवा कार्यालयले सोह् लाख रुपैयाँ अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७३७४ मा युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रम अन्तरगत ४ वटा बाख्रा, २ वटा बंगुर र व्यवसायिक बाख्रा प्रर्वद्धन राष्ट्रिय अभियान कार्यक्रम मार्फत दश वटा फार्महरुलाई एकएक लाख रुपैयाँका […]

रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी भदौ ७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।रत्नेचौर फुटबल कल्वले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो । तिन दिनसम्म सञ्चालन हुने […]

बेनी नगरपालिका ८ द्धारा म्याग्दीमै पहिलोपटक व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ भदौ । बेनी नगरपालीका वडा न. ८ ले व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु गरेको छ । गणेशटोलमा स्थापना भएको वडा कार्यालय उद्घाटनका अवसरमा अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गरेको हो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले पहिलो पटक छोरी तेजस्वी र छोरा विद्यत केसीको अनलाईन माध्यमबाट घटना दर्ता गराउनुभएका […]

बेनीमा प्रथम विद्यालयस्तरीय छात्रा फुटबल सुरू

विकल्प न्यूज/बेनी भदौ ७ गते । बेनीमा आज देखि अन्तर विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।  हरितालिका पर्व तिजका अवसरमा सो प्रतियोगिता सुरु गरिएको हो ।जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय गरि १० टिमले सहभागिता जनाएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटनगर्नुभएको हो । उहाँले […]

दरवाङमा कसरी भयो मिनीबसमा आगोलागी !

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ७ भदौ । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा गएराती पार्कीङ गरेर राखिएको मिनीबसमा आगोलागी भएको छ । बेनी–दरवाङ सडकमा चल्ने ध १ ख २९७ नम्बरको मिनीबस आगोलागीबाट ध्वस्त भएको हो । स्याउली बजारको छेउमा पार्कीङ गरेको अवस्थामा रातको समयमा अज्ञात व्यक्तिले बसमा आगोलागी गरेको म्याग्दी जिप तथा बस व्यवसायी समितिका […]

बेनी–जोमसोम सडकको यात्रा जोखिमपूर्ण

सन्तोष गौतम/विकल्प न्यूज भदौं ६ गते । साउन २६ गते शुक्रबार मुस्ताङबाट म्याग्दी आउँदै गरेकी बेलायती पर्यटक करलोट् कम्मा कथरिना फुलरटनको थासाङ गाउँपालिका ४ घोप्टेभिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गयो । सोही दिन घोप्टेभिरमै खसेको ढुङ्गाले लागेर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका ४० वर्षिय सवारी चालक दलबहादुर फगामी मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार […]

तराईका वाढीपीडितलाई मोना युएईले डेढलाख जुटायो

विकल्प न्यूज/बेनी भदौं ६ गते । तराईका वाढीपीडितहरुको सहयोगका लागि मोना युएईको पहलमा एकलाख पचासहजार रुपियाँ संकलन भएको छ । रोजगारीका शिलशिलामा युएइ पुगेका म्याग्देली र अन्य नेपालीहरुको सहयोगमा सो रकम संकलन भएको हो । मंगलवार मोना युएईका अर्जुन केसीले सहयोग रकम परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो ।ओमकुमारी शान्तिकोषले हालै मात्र आएको वाढीका […]