दरवाङमा कसरी भयो मिनीबसमा आगोलागी !

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ७ भदौ ।

20953917_1032799790196264_1395102932162399463_nम्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा गएराती पार्कीङ गरेर राखिएको मिनीबसमा आगोलागी भएको छ ।

बेनी–दरवाङ सडकमा चल्ने ध १ ख २९७ नम्बरको मिनीबस आगोलागीबाट ध्वस्त भएको हो । स्याउली बजारको छेउमा पार्कीङ गरेको अवस्थामा रातको समयमा अज्ञात व्यक्तिले बसमा आगोलागी गरेको म्याग्दी जिप तथा बस व्यवसायी समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।

Bus Ma aagologi 2सो माईक्रोबस यातायात ब्यवसायी कमल जिसीको हो । आगोलागीबाट बसका सबै पाटपुर्जाहरु जलेर पूर्ण रुपमा क्षत्ती भएको छ । करिब २५ लाख रुपैया बराबरको क्षत्ती भएको समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय दरवाङले आगोलागीको कारणबारे अनुसन्धान भैरहेको जनाएको छ । एकान्त ठाउँमा पार्कीङ गरेको मिनीबस जलेको विषयमा बुधबार बिहान मात्र जानकारी प्राप्त भएको थियो । प्राबिधिक वा अन्य के कारणले आगोलागी भएको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।