प्रथम छात्रा फुटबलको उपाधी वेष्ट प्वाइन्टलाई

विकल्प न्यूज/बेनी
भदौं ८ गते । सदरमुकाम बेनी बजारमा आयोजित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबलको उपाधी बेनीको न्यू वेष्ट प्वाइन्टले जितेको छ ।

जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगितामा बेनी सामुदायिक माविलाई एकका विरुद्ध दुइ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी जितेको हो । महिलाहरुको हरितालिका तीजको अवसरमा ‘हामी पनि सक्छौं’ भन्ने मुल नारासहित आयोजित प्रतियोगितामा न्य“ वेष्ट प्वाइन्टको तर्फबाट क्याप्टेन आस्था केसीले दोस्रो चरणमा एक गोल गदैं अग्रता लिएको केही समयमै बेनी सामुदायिकको तर्फबाट सुस्मिता किसानले गोल फर्काएर बराबर बनाएकी थिईन् । DSC_1346निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा न्यु वेष्ट प्वाइन्टले पेनाल्टीको अवसर पाएपछि इन्दिरा केसीले गोल गरेकी थिईन ।
प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद १५ हजार, द्वितीयलाई ९ हजार, ट्रफी मेडल र प्रमाणपत्रले जिल्ला समन्वय समितिका संयोजक देवेन्द्र केसी, प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का,युवा संघका विदेश विभाग प्रमुख सन्तोष रावल लगाएतले सम्मान गरेका थिए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट र सर्वाधिक गोलकर्ता न्यु वेष्ट प्वाइन्टकी क्याप्टेन आस्था केसी र अनुशासित टिममा लिटल गार्डेन एकेडेमी घोषित भएको छ । प्रतियोगितामा उपविजेता घोषित बेनी सामुदायिक माविले भने उपाधी लिन अस्वीकार गरेको छ । फाइनल खेलमा धाँधली भएको भन्दै उपाधी नलिई खेलकुद मैदानबाट बाहिरिएको थियो ।kheladi sammanप्रतियोगिताको अवसरमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा उत्कृष्ट घोषित विभिन्न विधाका खेलाडीलाई सम्मान गरिएको थियो । बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभुत विद्यालयकी बौद्धिक अपाङ्गता कलमा बरुवाल, आर्चरी खेलाडी राज पुर्जा, बंगलादेशमा आयोजित कराँते खेलमा स्वर्ण पदक विजेता चन्द्र बुढा, मार्सल, गबुर्जा, गौरव घर्ती र प्रज्वल शेरचनलाई सम्मानपत्र र नगदले सम्मान गरिएको थियो ।