उत्कृष्ट खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी
भदौं ८ गते । प्रथम छात्रा फुटबल प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले खेलाडीहरुलाई सम्मान गरेको छ ।  kheladi sammanराष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा उत्कृष्ट घोषित विभिन्न विधाका खेलाडीलाई सम्मान गरिएको थियो । बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभुत विद्यालयकी बौद्धिक अपाङ्गता कमला बरुवाल, आर्चरी खेलाडी राज पुर्जा, बंगलादेशमा आयोजित कराँते खेलमा स्वर्ण पदक विजेता चन्द्र बुढा, मार्सल, गबुर्जा, गौरव घर्ती र प्रज्वल शेरचनलाई सम्मानपत्र र नगदले सम्मान गरिएको थियो ।