तराईका वाढीपीडितलाई मोना युएईले डेढलाख जुटायो

विकल्प न्यूज/बेनी
भदौं ६ गते । तराईका वाढीपीडितहरुको सहयोगका लागि मोना युएईको पहलमा एकलाख पचासहजार रुपियाँ संकलन भएको छ । रोजगारीका शिलशिलामा युएइ पुगेका म्याग्देली र अन्य नेपालीहरुको सहयोगमा सो रकम संकलन भएको हो ।
मंगलवार मोना युएईका अर्जुन केसीले सहयोग रकम परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो ।20953718_1032317396911170_7945549483411345883_nओमकुमारी शान्तिकोषले हालै मात्र आएको वाढीका कारण घरवार विहिन भएका बाँके बैजापुरका वाढीपीडितहरुलाई सो रकम वरावरको जिन्सी सामाग्री खरिद गरि सहयोग गर्ने कोषले जनाएको छ । कोषले सहयोग संकलन गरिरहेको जनाउँदै केही दिनमा पीडितको घरमै पुगेर राहत हस्तान्तरण गर्ने कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । करिव ४ लाख वरावरको जिन्सी सामाग्री सहयोग गरिने उहाँले बताउनुभयो । वाढीका कारण घरवार विहिन भएका पीडितहरुलाई सहयोग गर्न कोषले सवैमा अनुरोध गरेको छ ।