बेनीमा प्रथम विद्यालयस्तरीय छात्रा फुटबल सुरू

विकल्प न्यूज/बेनी
भदौ ७ गते । बेनीमा आज देखि अन्तर विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।  हरितालिका पर्व तिजका अवसरमा सो प्रतियोगिता सुरु गरिएको हो ।Football (4)जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय गरि १० टिमले सहभागिता जनाएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटनगर्नुभएको हो । उहाँले खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने भएकाले खेलको महोत्व भएको बताउनुभयो ।

यसै गरि प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले म्याग्दीमा महिला फुटबलको सुरुवात हुनु प्रशंसनिय भएको बताउनुभयो । उहाँले छात्र मात्रै खेल्ने खेलका रुपमा चिनिएको फुटबललाई छात्राहरुका विच प्रतिस्पर्धा गराउँनु उदाहरणिय भएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रतियोगिताकी संयोजक एवम् समितिकी सदस्य मनकुमार विक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष दिनेश केसी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले गर्नुभएको थियो । यसैविच उद्घाटन खेलमा माउण्ट एभरेष्ट आवासीय माविले न्यु होराईजन पर्वत बेनीलाई सुन्यका विरुद्ध ३ गोल प्रहार गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेनी आवासीय माविले प्रकाश मावीलाई १ गोल प्रहार गदैं दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिता बिहिबार सम्पन्न हुने छ ।