व्यवसायिक पशु फार्मलाई सोह् लाख अनुदान

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।
म्याग्दीका व्यवसायिक बाख्रा र बंगुरपालक कृषकहरुलाई जिल्ला पशु सेवा कार्यालयले सोह् लाख रुपैयाँ अनुदान वितरण गरेको छ । dhaulagiri goat farmआर्थिक वर्ष २०७३७४ मा युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रम अन्तरगत ४ वटा बाख्रा, २ वटा बंगुर र व्यवसायिक बाख्रा प्रर्वद्धन राष्ट्रिय अभियान कार्यक्रम मार्फत दश वटा फार्महरुलाई एकएक लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ ।
कृषकलाई प्रोत्साहन, गोठ सुधार र बाख्रापालनप्रति आर्कषण बढाएर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन सघाउने उद्देश्यले व्यवसायिक कृषक छनौट गरेर अनुदान उपलब्ध गराइएको कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।

युवा लक्षित बिशेष पशु उत्पादन कार्यक्रम मार्फत बेनपा ५ को केसी, बेनपा ३ को जरबिसाउना, ४ को भाईभाई र रघुगंगा ३ पिप्लेको समिर पशुपंक्षी फार्मले एकएक लाख रुपैयाँ अनुदान पाएका छन् । यसैगरी बंगुर प्रर्वद्धन कार्यक्रम मार्फत बेनपा ७ का नरेश बहुउद्देश्यीय र मालीका ६ दरवाङको सौयर्म बंगुर फार्मलाई एकएक लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
व्यवसायिक बाख्रा प्रर्वद्धन राष्ट्रिय अभियान (गोट मिसन) कार्यक्रम अन्तरगत बेनपा २ को सिद्धबराह, बेनपा १० को मल्ल, अन्नपूर्ण ७ हिस्तानको गर्बुजा, बेनपा ९ को धौलागिरी व्यवसायिक बाख्रा, मंगला ५ अर्मनको आरुखोला, मंगला १ कुहुँको रोका र राम्जाली, बेनपा ९ को काउलेगौडा र कोषेपानी तथा मालीका ६ दुखुको मालीका बाख्रा फार्मले पनी एकएक लाख रुपैयाँ सहयोग पाएका छन् ।

युवा लक्षित बिशेष पशु उत्पादन कार्यक्रम मार्फत एक लाख रुपैयाँ अनुदान पाएका बेनपा ४ तातोपानीको भाईभाई बाख्रा फार्मका सञ्चालक बिष्णुदत्त उपाध्यायले कार्यालयको सहयोगबाट बाख्राको गोठ सुधार, बसाई व्यवस्थापन र उन्नत जातको बोका खरिद गरेको बताउनुभयो ।
म्याग्दीलाई मासु, दूध र अण्डामा आत्मनिर्भर बनाउन पशु सेवा कार्यालयले व्यवसायिक कृषकहरुलाई प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गरेको छ ।