ताजा समाचार:
Search

म्याग्दी समाचार

दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने

गोपाल छन्त्याल/ बेनी चैत २४ गते । म्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’ हुनेछ । […]

झलक पुनको सालैजो भाका बजारमा (भिडियो)

विकल्प न्यूज /बेनी चैत २४ गते । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा मगर समुदायमा […]

प्रदेश ४ : स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तोकियो

२४ चैत, पोखरा । प्रदेश ४ का स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा तय भएको छ । प्रदेश सभा बैठकले स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक पारित गरेसँगै उनीहरुले तलब पाउने भएका हुन् । निर्वाचित भएर काम थालेको १० महिनापछि स्थानीय तहका जनप्रतिनिधिकोे तलब पक्का भएको हो । विधेयकका अनुसार अब महानगरका मेयरले मासिक ४३ […]

मंगलाको प्रोफाईल बनाउने तयारी

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको प्रोफाईल बनाउने तयारी भएको छ । गाउँपालीकाको बस्तुअवस्था, समस्या र सम्भावनाको पहिचानका लागि प्रोफाईल बनाउन लागिएको हो । योजना तथा कार्यक्रम तय गर्न आवश्यक पर्ने तथ्याङ्क र बस्तुगत विवरण जुटाउनका लागि प्रोफाईल निर्माण गर्न लागिएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । प्रोफाईल निर्माणको विषयमा बाबियाचौर स्थित […]

मालीकामा नौ खानेपानी आयोजना

विकल्प न्यूज/बेनी चैत २३ गते । मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा करिब साढे पाँच करोड रुपैयाँको लागतमा नौ वटा खानेपानी आयोजना सञ्चालन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत पाँच करोड ३५ लाख ७२९ रुपैयाँको कुल लागतमा चार वटा वडामा आयोजनाहरु सञ्चालन भएका हुन् । उपभोक्ता समिति मार्फत कार्यान्वयनको चरणमा रहेका […]

झिँ, पाखापानी र कुईने क्षेत्रलाई विशेष व्यवस्था गर्न सांसद केसीको ध्यानकर्षण

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, र कुइनेक्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधा लिन सहज गराउन विशेष व्यवस्था गर्न म्याग्दीका प्रदेश साँसद विनोद केसीले संसदको ध्यानकर्षण गराउनुभएको छ । प्रदेश ४ को शुक्रवार बसेको बैठकमा साँसद केसीले स्थानीय तह पुनर्संरचनाको क्रममा रघुगंगा गाउँपालिकाभित्र समावेश साविकको झिँ, पाखापानी र कुईनेमंगले गाविसका नागरीकहरुलाई […]

फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन

गोपाल छन्त्याल/बेनी चैत २३ गते । मालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले खानेपानी निर्माणको अवस्थाबारे […]

दसौ तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बागलुङ(बुर्तीवाङ) २३ चैत । बागलुङको ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शुक्रबारदेखि दसौ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् । थकाली समुदायको पौराणीक तारो […]

नगरक्षेत्रमा भाडादर निर्धारण

गोपाल छन्त्याल/बेनी चैत २२ गते । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका ९ वटै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५, बेनी–चिप्लेटी १ सय […]

राम्चे स्वास्थ्य चौकीको भवन निर्माणमा

ढिलाई विकल्प न्यूज/बेनी चैत २२ गते । अठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण कार्य चार वर्षमा समेत पुरा भएको छैन् । भवन निर्माणमा ढिलाई हुँदा सेवा प्रभावित भएको छ । वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले […]

वैदेशिक रोजगारीको समस्याका विषयमा संसदमा केसीले आवाज उठाए

सन्तोष गौतम/विकल्प बेनी २२ चैत ।प्रदेश ४ को बिहीबार बसेको संसद बैठकमा म्याग्दीका सांसद बिनोद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले मलेसीयामा ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धीबहादुर परियार र धर्मलाल रोकाको परिवारले भोगेको पिडाको उदाहरण दिदै यस्ता समस्याको दिर्धकालीन समाधान गर्न […]

शान्ति कोषलाई दुई लाख सहयोग

सन्तोष गौतम/विकल्प बेनी २२ चैत । जटिल रोगले थलिएका आर्थिक रुपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा एक व्यक्तिले दुई लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराउनुभएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि मंगला गाउँपालीका १ कुहुँ घर भई हाल बहराईनमा रहनुभएका खप्रसाद पाईजाले […]

म्याग्दीमा आर्थिक गणनाको तयारी

सन्तोष गौतम/विकल्प बेनी २२ चैत । तथ्याङ्क बिभागले आर्थिक कारोबार गर्ने ईकाईहरुको विवरण संकलन गर्न म्याग्दीमा आर्थिक गणानाको तयारी गरेको छ । नेपालमा पहिलो पटक यस वर्ष बैशाख १ गतेदेखि हुन लागेको आर्थिक गणानाका लागि बेनीमा कार्यालय स्थापना गरेर गणक र सुपरीवेक्षकहरुका लागि तालीम सञ्चालन गरिएको छ । म्याग्दीका छ वटै स्थानीय तह र ४५ […]

धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

सन्तोष गौतम/विकल्प बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी दिनुभयो । सेवा […]

किन वसिन यी महिला ४ वर्ष देखि एक्लै ओढारमा !

विकल्प न्यूज/बेनी चैत २१ गते । उत्तरी पर्वतको जलजजला गाउँपालिका १ वासखर्ककी एक महिला विगत ४ वर्ष देखि एक्लै ओढारमा वास वस्ने गरेकी छिन् । धनकुमारी नाम बताउने यी महिला घरपरिवारले हेरचाह नगरेपछि म्याग्दीको रघुगंगा गाउँपालिका ३ तिलकेनीको पारीपट्ी जलजला १ वासखर्कको जंगलको ओढारमा एक्लै वस्ने गरेको पाइएको हो । मंगलबार वासखर्क दिदीको घरमा जाँदा जंगलको […]