वैदेशिक रोजगारीको समस्याका विषयमा संसदमा केसीले आवाज उठाए

सन्तोष गौतम/विकल्प
बेनी २२ चैत ।binod kc 3प्रदेश ४ को बिहीबार बसेको संसद बैठकमा म्याग्दीका सांसद बिनोद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले मलेसीयामा ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धीबहादुर परियार र धर्मलाल रोकाको परिवारले भोगेको पिडाको उदाहरण दिदै यस्ता समस्याको दिर्धकालीन समाधान गर्न माग गर्नुभएको हो ।
निधन भएको एक हप्तासम्म पनी दुतावासको बेवास्ताका कारण आफन्तले शव पाउन नसकेको र बिदेशमै तिन सन्तान गुमाउदाको पिडाप्रति सांसद केसीले सरकार संवेदनशिल हुनुपर्ने बताउनुभएको थियो ।

सांसद केसीले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सुरक्षा, त्यहाँ निधन भएकाहरुको शव नेपाल ल्याउन सहज प्रक्रिया र सहज रुपमा क्षत्तीपुर्ती तथा राहत पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

स्वदेशमै स्वरोजगार बन्ने वातावरण बनाउन योजना, निती तथा कार्यक्रम बनाउनुपर्ने बताउँदै सांसद केसीले कामको खोजीमा बिदेशिएकाहरुको बिमा, क्षत्तीपुर्ती र राहत सम्बन्धि भएका व्यवस्थाको सहज रुपमा कार्यान्वयन गरि बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद केसीको मागको विषयमा प्रदेश सरकारले संघीय सरकारको परराष्ट्र मन्त्रालयमा तत्कालै जानकारी गराउने भएको छ ।