म्याग्दीमा आर्थिक गणनाको तयारी

सन्तोष गौतम/विकल्प
बेनी २२ चैत ।
तथ्याङ्क बिभागले आर्थिक कारोबार गर्ने ईकाईहरुको विवरण संकलन गर्न म्याग्दीमा आर्थिक गणानाको तयारी गरेको छ । नेपालमा पहिलो पटक यस वर्ष बैशाख १ गतेदेखि हुन लागेको आर्थिक गणानाका लागि बेनीमा कार्यालय स्थापना गरेर गणक र सुपरीवेक्षकहरुका लागि तालीम सञ्चालन गरिएको छ । म्याग्दीका छ वटै स्थानीय तह र ४५ वटै वडालाई समेटेर छनौट भएका १८ जना गणकहरुलाई मंगलबारदेखि सुरु गरिएको तालीम चैत २४ गतेसम्म चल्नेछ ।

आर्थिक गणाना अधिकृत गोविन्द्रप्रसाद ढुङ्गानाले आर्थिक ईकाईको सञ्चालन गर्ने उद्योग, प्रतिष्ठान, ब्यवसायको तथ्याङ्क संकलन गर्न लागिएको बताउनुभयो । देशको आर्थिक अवस्थाको बारेमा तथ्याङ्क संकलन, कुल ग्राहस्थ उत्पादन पहिचान गरी स्थानीय तह, प्रदेश र संघीय सरकारको योजना, बजेट र निती तथा कार्यक्रम तयार पार्न सहयोग पु¥याउने आर्थिक गणानाको प्रमुख उद्देश्य रहेको छ ।

बैशाख १ गतेदेखि दुई महिनासम्म म्याग्दी लगायत देशका ७७ वटै जिल्लामा एकैसाथ आर्थिक गणना गरिने अधिकृत ढुङ्गानाले बताउनुभयो ।