किन वसिन यी महिला ४ वर्ष देखि एक्लै ओढारमा !

विकल्प न्यूज/बेनी
चैत २१ गते । 29995567_1972575006404407_131133679_oउत्तरी पर्वतको जलजजला गाउँपालिका १ वासखर्ककी एक महिला विगत ४ वर्ष देखि एक्लै ओढारमा वास वस्ने गरेकी छिन् । धनकुमारी नाम बताउने यी महिला घरपरिवारले हेरचाह नगरेपछि म्याग्दीको रघुगंगा गाउँपालिका ३ तिलकेनीको पारीपट्ी जलजला १ वासखर्कको जंगलको ओढारमा एक्लै वस्ने गरेको पाइएको हो । 30074603_1972576276404280_326522461_o

मंगलबार वासखर्क दिदीको घरमा जाँदा जंगलको विचमा रहेको ओढारमा एक्लै ति महिलालाई देखेको बेनी नगरपालिका ९ कि मञ्जु रकालले बताइन । घना जंगलको विचमा सानो ओढारमा अत्यन्तै दुःखकष्ट भोगेर एक्लै वसेको अवस्थामा देखेको उनले बताइन । अन्दाजी ५० देखि ५५ वर्ष की जस्तो देखिने ति महिला पानी पनि नओत्ने ओढारमा वस्ने गरेको आफूहरुले देखेको रकालले बताइन । घरपरिवार भएको बताउँने ति महिलाले परिवारका सदस्यहरुले हेरचाह नगरेपछि जंगलको ओढारमा जिन्दगी विताउनु परेको बताएकी छिन् ।

खानका लागि ओढारमा दैनिक उपभोग्य सामाग्री पनि छैन,लत्ता कपडा पनि छैन, कसरी ति महिला बाँचेकी छिन् हामी अचम्ममा परियो रकालले टेलिफोनमा विकल्प न्यूज सँग बताइन । अवस्था नाजुक देखेपछि बुधवार गलेश्वरबाट केही खाद्यान्न लगेर सहयोग गरेको उनले बताइन ।