म्याग्दी समाचार
राम्चेबासी विद्यालय भवन बनाउन जुटे

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाले सरकारी निकायबाट प्राप्त भएको बराबर रकम र श्रम स्थानीय स्तरमा जुटाएर विद्यालयको पक्कि भवन निर्माण सुरु गरेका छन् । देउराली आधारभुत विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराए बराबरकै लगानी स्थानीयले गर्न लागेका हुन् । जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका […]
संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह

विकल्प न्यूज/बेनी बैशाख २० गते । प्रशस्त पर्यटकीय सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग अन्तरगतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बिचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझलमा परेको हो । मोहरेडाँडामा पर्यटकको आगमन बढेपनि कालीदह सुनसान […]
राम्चेको देउराली विद्यालयमा पच्चिस लाखको अक्षयकोष स्थापना

विकल्प न्यूज/बेनी बैशाख २० गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयमा समुदायको पहलमा पच्चिस लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दि भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक सुधारका लागि स्थानीयबासीको पहलमा २५ लाख दश हजार १९५ रुपैयाँको अक्षयकोष स्थापना […]
टुक्रे योजना बनाउनेलाई बेगका जनप्रतिनिधिको चुनौती

विकल्प न्यूज/बेनी बैशाख २० गते । सबैलाई समेट्ने बाहनामा कार्यकर्ता पाल्न टुक्रे योजना बनाएर बजेटलाई चारो झै छर्ने प्रवृत्तिलाई रघुगंगा गाउँपालिका १ बेगका जनप्रतिनिधिहरुले चुनौती दिएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाले वडाका लागि बिनियोजन गरेको बजेटलाई एउटै योजनामा लगानी गरेर बेगका जनप्रतिनिधिहरुले टुक्रे योजना बनाएर बजेट छर्ने प्रवृत्तिलाई चुनौती दिएका हुन् । गाउँपालिकाले वडालाई […]
प्रसिद्ध धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

म्याग्दी, वैशाख २० गते । रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको स्थानीय पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनले बताउनुभयो । “यहाँ आउने जो कोही पनि मख्ख परेर फर्कने गरेका छन्, तर भौगोलिक रुपमा विकटता रहेकाले यस क्षेत्रको बारेमा प्रचारप्रसार हुन सकेको छैन,” सचिव […]
महभिर–घराम्दी–पेरीभारानी सडक ः विकासमा जनसहभागिताको नमुना

विकल्प न्यूज/बेनी बैशाख १९ गते । घराम्दी/ सरकारी निकायबाट करोडौ बजेट बिनियोजन भएका पूर्वाधार आयोजनामा ढिलासुस्ती, अनियमितता, कमीसनको विकृति मौलाईरहेका बेला अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका छन् । सरकारी बजेटलाई चारोझै छरेर विकासको बाहनामा बेतिथि, बिकृति र भ्रष्ट्राचार गर्नेहरुलाई दुर्गम र बिकट बस्ती घराम्दीका बासिन्दाले आफै आर्थिक स्रोत जुटाई […]
रघुगंगाका प्रमुख र उपप्रमुखद्धारा बालबालिकाको अभिभाकत्व ग्रहण

गोपाल छन्त्याल/बेनी बैशाख १९ गते । नयाँ शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन भइरहँदा रघुगंगा गाउँपालिकाका प्रमुख भब बहादुर भण्डारी र उपप्रमुख कमला तिलिजाले बालबालिकाको अभिभाकत्व ग्रहण गरेका छन् । प्रमुख भण्डारीले वडा नं २ साविक भगवति–३ पखटोल की रोजीना कटुवाललाई सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालय र उपप्रमुख तिलिजाले ४ बर्षीय विवश विकलाई जनता मावि दग्नाममा […]
अन्नपूर्ण आधार क्षेत्रका दृश्य कलामा

काठमाडौँ, वैशाख १८ गते । पदयात्राको उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार क्षेत्रका दृश्यलाई पोखरेली कलाकारले आफ्नो कलामा उतारेका छन् । पोखराका कलाकारत्रय क्षेत्रलाल कायस्थ, आलोक गुरुङ र नगेन सिंहले अन्नपूर्ण क्षेत्रका हिमाली दृश्य, प्रकृति र जनजीवनका विविध पक्षलाई पानी रङ, तैल रङ र एक्रेील्क रङमार्फत चित्रमा जीवन्त रुपमा उतार्नुभएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गत […]
अन्नपूर्ण गाउँपालिकाको दुई वटा कार्यबिधी पारित

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले दुई वटा कार्यबिधी पारित गरेको छ । पोखरेबगर स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको नियुक्ती र सरुवा सम्बन्धि कार्यबिधी पारित गरेको छ । यसैगरी भारतीय दुतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनका लागि तयार पारिएको कार्यबिधी समेत […]
निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण सुरु

विकल्प न्यूज/बेनी बैशाख १९ गते । मालिका गाउँपालिका १ निस्कोट देखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले उपभोक्ता समिति मार्फत निस्कोट देखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण सुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानमा निस्कोट देखि सिद्ध मन्दिरको छेउसम्म […]
बेगमा सात करोडको खानेपानी आयोजना सञ्चालन

विकल्प न्यूज/बेनी बैशाख १९ गते । रघुगंगा गाउँपालिका १ मा सात करोड रुपैयाँ लागत अनुमान गरिएको बृहत बेगखोला खानेपानी तथा सरसफाई आयोजना सञ्चालन भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित यो आयोजनाको असी प्रतिशत निर्माण कार्य सकिएको उपभोक्ता समितिले जनाएको छ । मुख्य र वितरण पाईपलाईन विस्तार, मुहान र रिजर्भ […]
बेनीमा गरिमाको वित्तिय साक्षरता कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ बैशाख । गरिमा विकास बैङ्क लिमिटेडले बुधबार म्याग्दीको बेनीमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोही अवसरमा बैङ्क अन्तरगत सञ्चालीत लघुवित्तका केन्द्र प्रमुखहरुसंग अन्तरक्रिया गरिएको थियो । बैङ्कीङ सेवा सुबिधाको प्रक्रियाको बारेमा जान कारी गराई ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै बैङ्कका […]
हिस्तान राम्चे सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु

विकल्प न्यूज/बेनी बैशाख १९ गते । ट्याक खुलेको छ वर्षपछि अन्नपूर्ण गाउँपालिकाको ७ नम्बर वडामा पर्ने महभिर देखि हिस्तान हँुदै ८ नम्बर वडा राम्चे जोड्ने हिस्तान राम्चे सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु भएको छ । साँघुरो, जिर्ण, नमिलेका घुम्ती र ग्रेड नमिलेको उकालो सडकलाई सुधार गरेर नियमित सवारी सञ्चालन गराउने उद्देश्यले गाउँपालिकाले सडक मर्मत […]
मुक्तीनाथमा यस्तो छ मोदीको स्वागत तयारी

अमृत सुवेदी /पोखरा बैशाख १९ गते । स्वामी नारायणका भक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिनै स्वामी नारायणले ज्ञान प्राप्त गरेको स्थान मुक्तिनाथ आउने भएका छन् । वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदा त्यही मौकामा मोदी मुक्तिनाथ दर्शनका लागि आउने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । मोदीको गृहनगर गुजरातका ठूलो समुदायले स्वामी नारायणलाई भगवान मान्छन् […]
सूचना तथा सञ्चार प्रबिधि दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ बैशाख । बेनीमा बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७५ मनाइएको छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा क्यानका याम केसीले वर्ड प्रेस, बल्गीङ, सामाजिक सञ्जालको विषयमा सहजिकरण गर्नुभएको थियो । […]