आमाको ४५ औं दिनको पुण्यतीथीमा अस्पताललाई सहयोग

धिरन खत्री/बेनी
फागुन ३० गते ।IMG_0008 रघुगंगा गाउँपालिका २ सिजलगाउँका हाल सदरमुकाम बेनी बस्दै आएका राजु भण्डारीको परिवारले स्वर्गीय आमाको ४५ आंै दिनको पुण्यतीथिमा जिल्ला अस्पतालमा विभिन्न उपकरण सहयोग गर्नुभएको छ ।
स्वर्गीय आमा चन्द्रकुमारी भण्डारीको सम्झनामा परिवारले अस्पतालमा अक्सिजन सिलिण्डर, नेवुलाईजर मेसिन र अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरेका हुन् ।
स्वर्गिय आमो सम्झनामा छोरा बुहारी राजु÷ अनीता भण्डारी, छोरी÷ज्वाईहरु जुना÷ हिरा जि.सि, माया÷ धन पाण्डे, कल्पना ÷ कृष्ण बरुवालले सो सामान जिल्ला अस्पतालका निर्मित डा. भुषणकुमार सुवेदी लगायतको टिमलार्ई हस्तान्तण गरेका थिए ।
सो सहयोग बुझ्दै डा. भुषणकुमार सुवेदीले स्वर्गीय आफन्तकोे सम्झनामा गरिएको सहयोगले अस्पताल उपचारत विरामीलाई सहयोग पुग्ने बताउदै परिवारलाई धन्यवाद दिएका थिए ।