सन्तोष गौतम/विकल्प न्यूज
बेनी १ चैत ।
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबार विद्युतीय जलाधार संरक्षण क्षेत्र सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भुसंरक्षण कार्यालयको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुको सहभागीता रहेको थियो । प्रदेश ४ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव दिवाकर पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
जिल्ला भू–संरक्षण कार्यालयका सब ईञ्जिनियर बिरेन्द्रकुमार महतोको सञ्चालनमा सम्पन्न कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईले नीति तथा कार्यक्रममा भू–संरक्षण सम्बन्धि योजनालाई समावेश गरिने बताउनुभयो ।