म्याग्दी समाचार
शिक्षाका योजनामा भएको अनियमितताको पर्दाफास

सन्तोष गौतम/विकल्प न्यूज जेठ १५ गते । गत चैत देखि शिक्षा विकास तथा समन्वय इकाईमा परिणत भएको तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत म्याग्दीमा सञ्चालीत पूर्वाधार योजनामा भैरहेको अनियमितताको रहस्य उजागर भएको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र निर्माण समितिलाई घुस मागेर हैरान बनाउने इकाईका प्राबिधिकहरुको विरुद्धमा उजुरी परेपनी उन्मुत्ती दिन चलखेल भएको छ । […]
फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन पहल

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ जेठ । जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन स्थानीयबासीले पहल थालेका छन् । हिमशृङखला, सुर्योदय, पहाडी भुगोल, ग्रामिण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीयबासीले पूर्वाधार निर्माण, प्रचारप्रसार सुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनी पूर्वाधार र प्रचारप्रसारको कमीले […]
विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारी सम्बन्धी तालिम

प्रताप बानियाँ / विकल्प लुम्ले जेठ १४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा सोमबारदेखि विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम सुरु भएको छ । एसियाली प्रकोप पूर्वतयारी केन्द्र, लि–बर्ड, उत्थानशील विकास केन्द्र कर्डको सहयोगमा तालिम सञ्चालन गरिएको हो । विपद् व्यवस्थापनको पूर्वतयारी र वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित ४ नम्बर प्रदेशस्तरीय तालिमको आयोजना गरिएको आयोजकले जनाएका […]
बालबालिकालाई शैक्षिक सामाग्री वितरण सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ जेठ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले लक्षित बालबालिकालाई चालु शैक्षिक सत्र २०७५ को शैक्षिक सामाग्री वितरण गर्न सुरु गरेको छ । धौलागिरी गाउँपालिका ३ मुना स्थित धौलागिरी आधारभुत विद्यालयबाट स्पोन्सर बालबालिकालाई कपी, कलम, पेन्सील, ईलेजर, कटर, झोला, जुत्ता, मोजा, स्वीटर र विद्यालय पोशाक […]
विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने

विकल्प न्यूज/बेनी जेठ १४ गते । म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर ११ औं गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमवार विहान वसेको सरोकारवालाहरुको बैठकले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो । वैठकले जिसस प्रमुख केसीको अध्यक्षतामा संघिय र प्रदेश सांसद,जिससका उप्रमुख,बेनी नगरपालिकाका प्रमुख,तथा उपप्रमुख,प्रमुख जिल्ला अधिकारी,राजनीतिक दलका […]
शैक्षिक गुणस्तर सुधारको बाटोमा म्याग्दी क्याम्पस

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि गुणस्तर मापदण्ड सुनिश्चितता (क्युएए) प्रणाली अपनाउने भएको छ । वि.स २०६६ अघि बढेको क्युएए प्रणाली लागु गराउने बहसले आठ वर्षपछि सार्थकता पाउन लागेको हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय अनुदान आयोगको मापदण्ड पुरा गरेर […]
“एक्सन”मा उत्रियो प्रहरी

सन्तोष गौतम /विकल्प न्यूज जेठ १४ गते । बेनी गत हप्ता जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न आउनुभएका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले म्याग्दीमा देखिएको बिकृति र बेथिति विरुद्ध कडा कदम चाल्नुभएको छ । कैलालीबाट सरुवा भएर सोमबार म्याग्दीमा आएका डिएसपी बुढाको निशानामा सिण्डीकेटधारी यातायात व्यवसायी देखि जुवातास खेल्ने खेलाउने परिसकेका छन् । म्याग्दीमा पछिल्लो समय सुरक्षा, […]
मराङ सडक सञ्जालमा जोडियो

तेजीन्द्र पुन/विकल्प न्यूज जेठ १४ गते । मराङ म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका ७ को अर्कला देखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेशीमा पु¥याइएको छ । गाउँपालिका र जिल्ला समन्वय समितिद्धारा सञ्चालित अर्कला–बेशी सडक आयोजना अन्तरगत बेशीसम्म सडकको ट्याक पु¥याइएको उपाभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले […]
२६ बुँदे मागसहित शिक्षक महासंघले ज्ञापनपत्र बुझायो

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १३ ।विभिन्न २६ बुँदे मागसहित नेपाल शिक्षक महासंघ म्याग्दीले आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुको पेशागत हकहित तथा शैक्षिक व्यवस्थापन सुधार गर्नुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आबद्ध विभिन्न संघ सङ्गठनले शिक्षकको हक अधिकार तथा शैक्षिक […]
प्रेस युनियनको स्थापना दिवसमा अनाथ बालबालीकालाई सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, १३ जेठ । नेपाल प्रेस यूनियन जिलला शाखा म्याग्दीले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा बाल गृहमा शैक्षिक समाग्री सहयोग गरेको छ । दिवसको अवसरमा बालगृहमा रेहका ११ जना अनाथ बा विद्यार्थीलाई करिब ५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेर आफ्नो दिवस मनाएको हो । सहयोग वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका […]
सिंगामा बाख्रा पैँचो कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ जेठ । बेनी नगरपालिका ४ सिंगामा बाख्रा पैँचो कार्यक्रम सुरु भएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत सिंगालाई मासु उत्पादनको पकेट क्षेत्र बनाउन वडा कार्यालय मार्फत बाख्रा पैचो कार्यक्रम सञ्चालन भएको हो । बाख्रा पँैचो कार्यक्रम अन्तरगत आईतबार १५ जना कृषकहरुलाई एकएक वटाका दरले उन्नत बोयर जातका […]
जलजलाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि तालीम

विकल्प न्यूज/बेनी बेनी १३ जेठ ।पर्वत बेनीमा आईतबार देखि जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ । जिल्ला समन्वय समिति पर्वतको संयोजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको तिन दिने तालीममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धि नितीगत ब्यवस्थाहरुको बारेमा जनप्रतिनिधि […]
म्याग्दीमा यस्ता छन न्याय र सुशासनमा तगारो

सन्तोष गौतम /विकल्प न्यूज जेठ १३ गते । जिल्ला प्रशासन कार्यालयमा पेन्सनका लागि बैंक खाता खोल्न सिफारिस बनाउन आएका भारतीय भुपु सैनीक र उनीहरुका परिवारहरु । तस्विर विकल्प न्यूज म्याग्दीमा लेखापढी र कानुन व्यवसायीले अस्वभावीक रुपमा लिने चर्को सेवा शूल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानुन व्यवसायीले प्रदान गर्ने […]
कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार आचार्यलाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ जेठ । प्रेस सेन्टर म्याग्दीद्धारा स्थापित कृष्ण सेन मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार ठाकुरप्रसाद आचार्यलाई प्रदान गरिएको छ । १६ औं कृष्ण सेन स्मृति दिवस पारेर आईतबार प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दी शाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा आचार्यलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको […]
पाेखरेबगरकाे घुम्ती शिविरबाट एकहजार जना लाभान्वित

सन्तोष गौतम/ विकल्प म्याग्दी १२ जेठ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार एकिकृत घुम्ती शिवीर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा सम्पन्न शिवीरमा एक हजार जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । प्रशासन कार्यालयको टोलीले २०१ जनालाई नयाँ र १३ जनालाई प्रतिलिपी नागरीकता वितरण गरेको सहायक प्रजिअ शोभाकर […]