प्रेस युनियनको स्थापना दिवसमा अनाथ बालबालीकालाई सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी, १३ जेठ । press1नेपाल प्रेस यूनियन जिलला शाखा म्याग्दीले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा बाल गृहमा शैक्षिक समाग्री सहयोग गरेको छ ।
दिवसको अवसरमा बालगृहमा रेहका ११ जना अनाथ बा विद्यार्थीलाई करिब ५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेर आफ्नो दिवस मनाएको हो ।
सहयोग वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खम्विर गबुर्जाले कलमको माध्यबाट आफ्नो जिविकोपार्जन गर्ने श्रमजिवी पत्रकारहरुले अनाथ बालबालीकाको लागी शैक्षिक क्षेत्रमा सहयोग गरेको राम्रो काम भएको बताए ।

बाल संगठनका अध्यक्ष नेत्र बहादुर महतले यो सहयोग उदाहरणी रहेको बताउदै बालगृहको क्षमता वृद्धि गर्न आर्थिक सहयोग संकलन गर्ने अभियानमा पत्रकारहरुको पनि साथ आवश्यक हुने भएकाले पत्रकारहरुकोबाट सकारात्मक भुमिकाको अपेक्षा रहेको बताए ।
दिवसमा मात्र होईन अन्य अवस्थामा पनि सहयोग गर्नुपर्ने प्रेस युनियनका केन्द्रीय पार्षद हरिकृष्ण गौतमले बताए ।

दिवसको दिनमा अन्य कार्यक्रम गरेर मनाउन भन्दा अनाथ बालबालिकाको पढाईमा केहि सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गरेका युनियनका जिल्ला अध्यक्ष गोपाल छन्त्यालले बताए ।

कार्यक्रम छन्त्यालको अध्यक्षता सचिव निर्मल खत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ म्यग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य नेपाल महिला संघ म्याग्दीकी सभापति बिमला गौचनले मन्तव्य राखेका थिए । २०४८ मा आजकै दिनमा प्रेसयुनियनको स्थापना भएको थियो ।