जलजलाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि तालीम

विकल्प न्यूज/बेनी
बेनी १३ जेठ ।IMG_3116पर्वत बेनीमा आईतबार देखि जलजला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमत्ता अभिवृद्धी तालीम सुरु भएको छ । जिल्ला समन्वय समिति पर्वतको संयोजनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको तिन दिने तालीममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको छ ।

स्थानीय सरकार सञ्चालन सम्बन्धि नितीगत ब्यवस्थाहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीहरु बीच बुझाईमा एकरुपता कायम गरी सेवा प्रवाह र विकास निर्माण कार्यलाई सहज बनाउने उद्देश्यले तालीमको आयोजना गरीएको कार्यपालिकाका प्रवत्ता रबी भण्डारीले जानकारी दिनुभयो ।

तालीमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि. पौडेल, जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुषाल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, सामाजिक विकास अधिकृत लिलाधर सुवेदी लगायतले सहजिकरण गर्नुहुने जनाएको छ ।

४ नम्बर वडाका अध्यक्ष भिष्म मल्ल र सामाजिक शाखा प्रमुख सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतमले स्वागत गर्नुभएको थियो । तालीमा स्थानीय सरकार सञ्चालन ऐन, वडाको काम कर्तब्य र अधिकार, योजना तथा बजेट तर्जुमा, न्यायीक समितिका काम, खरिद प्रक्रिया लगायतका विषयमा सहजिकरण गरिने भएको छ ।