विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारी सम्बन्धी तालिम

प्रताप बानियाँ / विकल्प
लुम्ले जेठ १४ । IMG_7171

कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा सोमबारदेखि विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम सुरु भएको छ ।

एसियाली प्रकोप पूर्वतयारी केन्द्र, लि–बर्ड, उत्थानशील विकास केन्द्र कर्डको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
विपद् व्यवस्थापनको पूर्वतयारी र वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित ४ नम्बर प्रदेशस्तरीय तालिमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

तीन दिनसम्म चल्ने तालिममा कास्की, अर्घाखाँची, म्याग्दी र मुस्ताङ जिल्लामा क्रियाशिल गैरसरकारी संस्था, रेडक्रस, सामाजिक संघसंस्था, पत्रकारलगायत २१ जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण गर्दै गृहIMG_7169 मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख केदार न्यौपानेले विपद् आउनुभन्दा पहिला र पछि बराबर हिसाबले तयारी गर्नुपर्ने बताए ।

उनले विपद् व्यवस्थापनका लागि सबैमा कम्तीमा पनि एक लेबलसम्मको सचेतना हुनुपर्ने बताउँदै पूर्व तयारीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

तालिममा विपद् जोखिम न्युनीकरणसम्बन्धी शब्दावली, जलवायु परिवर्तन, नेपालमा विपद्को अवस्था, दीगो विकासका अवधारणा, विकासपछिको विपद्, मूल प्रवाहीकरणका प्रयासहरु, विपद् व्यवस्थापन चक्र, आपत्कालीन अवस्थाको लेखाजोखा, नेपालमा विपद् व्यवस्थापनको वर्तमान अवस्था र आगामी कार्यदिशा, प्रकोपका मुख्य प्रकारहरु, नेपालको संविधानमा विपद् व्यवस्थापनसम्बन्धी व्यवस्था लगायतको विषयमा सहजीकरण गरिएको छ ।

तालिमको गृह मन्त्रालयका उपसचिव उमेश ढकाल, सहसचिव केदार न्यौपाने, लि–बर्डका कार्यक्रम सञ्चालन निर्देशक भरत भण्डारी, एसियाली प्रकोप पूर्वतयारी केन्द्रका कार्यक्रम व्यवस्थापक मानबहादुर थापा, कार्यक्रम संयोजक सुर्य पौडेल र माछापुच्छ«े विकास संघका कार्यकारी निर्देशक दिलबहादुर भट्टराईले सहजीकरण गरिरहेका छन् ।
भू–क्षय, बाढीपहिरो, आगलागी, चट्याङ, हिमपात, शीतलहर, भूकम्प, महामारी जस्ता विपद्हरुको जोखिम उच्च रहेपनि नेपालमा विपद् व्यवस्थापनका लागि गर्नुपर्ने तयारीहरु भने कमै मात्रामा भैरहेको पाइन्छ ।

पछिल्लो समय डोजरको प्रयोगले सडक खन्ने कार्यले विपद् निम्त्याउने गरेको छ । नेपालमा सवारी र विमान दुर्घटनाबाहेक वार्षिक ९१५ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको छ ।