सिंगामा बाख्रा पैँचो कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ जेठ । Goat Distribute 1(1)बेनी नगरपालिका ४ सिंगामा बाख्रा पैँचो कार्यक्रम सुरु भएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत सिंगालाई मासु उत्पादनको पकेट क्षेत्र बनाउन वडा कार्यालय मार्फत बाख्रा पैचो कार्यक्रम सञ्चालन भएको हो ।

बाख्रा पँैचो कार्यक्रम अन्तरगत आईतबार १५ जना कृषकहरुलाई एकएक वटाका दरले उन्नत बोयर जातका बाख्रा निशूल्क वितरण गरिएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । बाख्रा खरिदका लागि नगरपालीकाले पाँच लाख र वडाले तिन लाख रुपैया बिनियोजन गरेको थियो ।

बाख्राका पाठापाठी ढुवानीका लागि कृषकले थप एक लाख बिस हजार रुपैया लगानी गरेका छन् । यसपाली बाख्रा पाएका कृषकले एक वर्षपछि अरुलाई हस्तान्तरण गर्नुपर्ने नियम बनाइएको छ । पाँच वर्षको अविधीमा वडाका सबै घरमा उन्नत जातको बोयर बाख्रापालन गराउने योजना अध्यक्ष अध्यक्ष पौडेलले बताउनुभयो ।

छिटो बढ्ने र बढी तौल हुने बोयर जातको बाख्रा मासु उत्पादनका लागि प्रभावकारी मानिन्छ । यसपाली बाख्रा पैचो पाउनेमा डम्मर घर्ती, भुपाल शाही, तेजबहादुर बानिया, सरस्वती खत्री, केदार आचार्य, धनबहादुर खत्री, तेजेन्द्र गुरुंग, भिम थापा, कृष्ण केसी, प्रेम थापा, कृष्ण बिक, देउप्रसाद हुमेन, मनबहादुर केसी लगायत रहनुभएको छ ।