पाेखरेबगरकाे घुम्ती शिविरबाट एकहजार जना लाभान्वित

सन्तोष गौतम/ विकल्प
म्याग्दी १२ जेठ ।FB_IMG_1527357369361 अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार एकिकृत घुम्ती शिवीर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा सम्पन्न शिवीरमा एक हजार जना भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् ।
प्रशासन कार्यालयको टोलीले २०१ जनालाई नयाँ र १३ जनालाई प्रतिलिपी नागरीकता वितरण गरेको सहायक प्रजिअ शोभाकर पोखरेलले बताउनुभयो ।FB_IMG_1527357379426आर्युवेद सेवा केन्द्रले १३६ र स्वास्थ्य कार्यालयले १३७ जनालाई स्वास्थ्य उपचार सेवा दिएको छ । ट्राफिक कार्यालयले २६० जनालाई दुर्घटना न्युनीकरण सम्बन्धि परामर्श तथा सचेतनामुलक प्रशिक्षण दिएको छ ।

महिला तथा बालबालिका कार्यालयले १०१ जनालाई जेष्ठ नागरीक र एक जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले १०६ जनालाई हात धुने शिक्षा, घरेलु तथा साना उद्योग विकास समितिले ३ वटा पसल तथा फर्म दर्ता, ७ जनाले स्वास्थ्य बिमा र ६५ जनाले विद्युतीय सुरक्षा सम्बन्धि परामर्श सेवा लिएका छन् ।

वन, भुसंरक्षण, सिचाई विकास सब डिभिजन कार्यालयले पनी परामर्श सेवा दिएका थिए ।

दुई दिनसम्म सञ्चालन भएको शिवीरमा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तानका बासिन्दाहरुले सेवा लिएका थिए । सदरमुकाम बेनी पुगेर लिनुपर्ने सेवा गाउँमै पाउँदा सर्वसाधारणलाई राहत मिलेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

उहाँले आगामी साता मालिका र धौलागिरि गाउँपालिकालाई समेटेर दरबाङमा समेत घुम्ती शिविरको आयोजना गरिएको बताउनुभयो ।

सदरमुकाममा रहेका कार्यालयहरुको सेवा एकैठाउँबाट लिन पाउँदा नागरिकहरुमा समय र खर्चको समेत बचत भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले बताउनुभयो ।

नयाँ संविधान र संघियताको कार्यान्वयन संगै सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको अनुभुती दिलाउन घुम्ती शिविरले रचनात्मक सहयोग पु¥याउने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।