ताजा समाचार:
Search

म्याग्दी समाचार

मृगौला पीडित बालकलाई सहयोग

साधन राम्जाली/विकल्प न्यूज बेनी २४ असार । म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जाका मृगौला पीडित एक बालकको उपचारका लागि ओमकुमारी शान्ति कोषले आईतबार आर्थिक सहयोग गरेको छ । कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत १० वर्षिय रबिन बिकको उपचारका लागि पन्ध्र हजार रुपैया वडा अध्यक्ष झकबहादुर छन्त्याल मार्फत […]

मल्लाजका कृषकलाई बाख्रा वितरण

साधन राम्जाली/विकल्प न्यूज मल्लाज २३ असार । पर्वतको जलजला गाउपालिका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक बाख्रापालनप्रति आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिस जना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ । बाख्रा […]

क्याम्पस चोकलाई जोगाउन वृक्षारोपण

सन्दिप शर्मा/विकल्प न्यूज असार २३ गते । सदरमुकाम बेनी बजार स्थित क्याम्पस चोक माथिको खैरेनी पाखामा शनिबार वृक्षारोपण गरिएको छ । क्याम्पसचोक टोल सुधार समिती अन्तर्गत रहेको भलवाढी नियन्त्रण उपभोत्ता समितीको आयोजना तथा बेनी नगरपालिकाको सहयोगमा विभिन्न १० प्रजातिका रुख रोपेको उपभोक्ता समितीका सचिव ठाकुरप्रसाद शर्मा बताउनुभयो । करीब १ किलोमिटर क्षेत्रफमा वाँस, राय खन्नीउ, […]

जलजलामा करिब ३८ करोडको बजेट सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ असार ।                    मिलनचोक–जलजला केबलकारको परिकल्पना सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि करिब ३८ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको छ । लामाखेत स्थित गाउँपालिकाको केन्द्रमा जारी […]

घलेम्दीको आईपीओ खुल्यो

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २३ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले आईपीओ (साधारण सेयर) खुल्ला गरेको छ । प्रवद्र्धक घलेम्दी हाईड्रो लिमिटेडले आयोजना प्रभावीत अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख पचास हजार कित्ता साधारण सेयर खुल्ला गरेको हो । शुक्रबारदेखि साउन ४ गतेसम्म अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ […]

बेनीको शिरमा रामायण पार्क निर्माणको तयारी

विकल्प न्यूज/बेनी असार २३ गते । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रावण पार्क निर्माणको तयारी गरेको छ । परामर्शदाता कम्पनी मार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिम चरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनौट गरेको छ । […]

सुन्दर झरना………….

विकल्प न्यूज/बेनी असार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने भोङभोङ झरना । तस्विर सन्तोष गौतम /विकल्प न्यूज

थामकोटमा भ्यु टावर निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु टावर निर्माण […]

धौलागिरीका अधिकांश योजना सम्पन्न

गोपाल आचार्य/ताकम २३ असार ।   म्याग्दीको धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् । गाउँपालिकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ […]

मुस्ताङ दुर्घटना अपडेट ः १९ मजदुरको मृत्यु

विकल्प न्यूज/बेनी असार २२ गते । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् । दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी […]

अपडेट मुस्ताङमा ट्रिपर दुर्घटना ः मृतकको संख्या १५ पुग्यो

विकल्प न्यूज/मुस्ताङ असार २२ गते । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् । ती […]

मुस्ताङको घिलिङमा टिपर पल्टिदा १० जनाका मृत्यु १३ घाइते

विकल्प न्यूज/मुस्ताङ असार २२ गते ।  फाइल तस्विर  बेनी ,जोमसोम,जोमसोम कोरला सडकखण्ड अन्तर्गत उपल्लो मुस्ताङको घिलिङ र स्याङ्वाचेबीचको सडकमा कालिगण्डी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख २२ १९ नम्बरको एक टिप दुर्घटनामा परेको छ । जोमसोम देखि झैते सम्मको ५८ किलोमिटर सडकमा शुक्रवार दिउसो २ बजे घिलिङबाट सडकमा काम गर्दे गरेका मजदुरलाई […]

बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम

विकल्प न्यूज/बेनी बेनी २२ असार ।म्याग्दीको मंगला गाउँपालिका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ । सिरकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको भैसी गोठमा क्षत्ती पुराएको […]

पर्यटकीय स्थलमा सार्वजनिक शौचालय निर्माण

विकल्प न्यूज/बेनी म्याग्दी २२ असार । म्याग्दीको प्रमुख पर्यटकीय अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा सार्वजनिक शौचालय निर्माण भएको छ । भुरुङ तातोपानी कुण्डमा स्नान, अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र बेनी–जोमसोम सडकमा आवत जावत गर्ने यात्रुहरुको सुबिधाका लागि सार्वजनिक शौचालय निर्माण भएको हो । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको […]

बेनीका सडकमा ट्राफिक लाईन निमार्ण

सन्दिप शर्मा/म्याग्दी असार २२ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा जिल्लामा नै पहिलो पटक नमुनाको रुपमा ट्राफिक लाईन निमार्ण भएको छ । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको पहलमा वडा कार्यलयले जिल्ला मा नै पहिलो पटक नमुना ट्राफिक लाईन निमार्णका लागि दुई लाख रुपौयाँको बजेटमा न्युरोड स्थित प्रभु बैंक देखि क्याम्पसचोक सम्म चार सय मिटर सडकमा ट्राफिक […]