ताजा समाचार:
Search

बस्ती माथि खनिएको सडकका कारण पहिरोको जोखिम

विकल्प न्यूज/बेनी
बेनी २२ असार ।Pahairo ko Risk (1)म्याग्दीको मंगला गाउँपालिका ५ छिस्वाङ गाउँ बस्ती माथिबाट अव्यवस्थित रुपमा खनिएको सडकका कारण पहिरोको जोखिममा परेको छ ।

सिरकुम टिकावाङ सडक खन्दा निस्कीएको माटो खहरे खोलामा बाढी बनेर आउन थालेपछि बस्ती जोखिममा परेको हो । बिहीबार राती खहरे खोलाबाट आएको बाढीले मनबहादुर पुन र पुर्णबहादुर पुनको भैसी गोठमा क्षत्ती पुराएको स्थानीय ताराबहादुर क्षेत्रीले बताउनुभयो ।

चन्द्रबहादुर विकको घर पनि जोखिममा परेको छ । तत्काल रोकथामको प्रयास नभए २५ घर जोखिममा पर्ने क्षेत्रीले बताउनुभयो ।