ताजा समाचार:
Search

मुस्ताङको घिलिङमा टिपर पल्टिदा १० जनाका मृत्यु १३ घाइते

विकल्प न्यूज/मुस्ताङ
असार २२ गते ।  muktinath-yatayat-mustangफाइल तस्विर 

बेनी ,जोमसोम,जोमसोम कोरला सडकखण्ड अन्तर्गत उपल्लो मुस्ताङको घिलिङ र स्याङ्वाचेबीचको सडकमा कालिगण्डी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख २२ १९ नम्बरको एक टिप दुर्घटनामा परेको छ ।

जोमसोम देखि झैते सम्मको ५८ किलोमिटर सडकमा शुक्रवार दिउसो २ बजे घिलिङबाट सडकमा काम गर्दे गरेका मजदुरलाई खाना खुवाई कार्य स्थलमा लैजनाने क्रममा स्याङ्वोचे र घिलिङ बीचमा टिपर पल्टिएको स्याङ्वोचेका स्थानीय झ्याम्पा तेन्जिङले जानकारी दिए ।

उनका अनुसार कार्यस्थलमा फर्किएको टिपर सडकबाट करिव ७० मिटर तल खस्दा टिपरमा सवार करिव १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने,१३ जना गम्भिर घाईते भएका छन् ।

त्यस्तै करिडोरको सडकमा कार्यरत एक कर्मचारीका अनुसार टिपरमा कतिको सख्यामा मजदुर थिए भन्ने खुल्न नसकेको जानकारी दिए ।

घटनापछि घाईते भएका कामदारलाई जिल्ला अस्पताल जोमसोममा ल्याउने तैयारी भईरहेको बताए । त्यस्तै गम्भिर घाईते भएकाले काठमान्डौबाट हेलिकप्टर झिकाईए पनि अझै हेलि घटना स्थलमा पुग्न नसकेको जनाए ।घटनाबारे सम्पूर्ण जानकारी आउन समय लाग्ने उनले बताए ।घटना पछि स्थानीयले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खबर गरेका थिए ।सभार गण्डकी न्यूज