म्याग्दी समाचार
पूजा खत्रीले अब रुनु पर्दैन
“दाइ, म त अब समाजसेवी बन्छु !” लक्ष्य बदलिएछ उनको । गएको हप्ताको मात्रै कुरा हो, म्याग्दी, बेनी– ६ की पूजा खत्री सहरको ‘हट केक’ बनिन् । अनलाइन, छापा, टेलिभिजनमा समाचारको हेडलाइनमा छाइन् । गरिबी, अभाव र दारिद्र्यको खाडलमा आकण्ठ जाकिएकी पूजा एकाएक ‘सेलिब्रिटी’ बनिन् । बेनी– ६ कै जामुनाखर्क विद्यालय कक्षा ६ की छात्रा […]
कालीगण्डकीमा खसेर बिरामी बेपत्ता
विकल्प न्यूज/बेनी भदौ १८ गते । फाइल तस्विर बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् । बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको […]
युवाहरुले जुटाए सुरेशको उपचारका लागि डेढलाख
विकल्प न्यूज/बेनी भदौ १८ गते । मंगला गाउँपालिका ५ नेटाका युवाहरुले मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि डेढ लाख रुपियाँ जुटाएका छन् । मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेपछि यतिखेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएको छ । छन्त्यालको जिवन रक्षाका लागि परोपकारी संस्था ओमकुमारी शान्तिकोषले अभियान सञ्चालन गर्दै आएको छ । […]
मंगला आमा समुहद्धारा शान्तिकोषलाई १० हजार सहयोग
विकल्प न्यूज/बेनी भदौ १८ गते । बेनी नगरपालिका ७ स्थित मंगलाघाटमा रहेको मंगला आमा समुहले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १० हजार रुपियाँ सहयोग गरेको छ । शान्तिकोषको डेढ करोडको अक्षयकोष स्थापना अभियानका लागि आमा समूहको तर्फबाट अध्यक्ष टकसरा राना र तारा छन्त्यालले दश हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । […]
बेनीमा स्मल हेभन मन्टेश्वरीको उद्घाटन
विकल्प न्यूज/बेनी भदौ १७ गते । सदरमुकाम बेनीमा स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार जेष्ठ नागरिक द्धाय भद्रकुमारी श्रेष्ठ र नरसिंह राज राजभण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । बेनीका प्रतिस्ठीत समाजसेवी र उद्योगी सम्मलित माउन्ट एभरेष्ट विद्यालयद्धारा हुलाकचोक स्थित रेडक्रसको भवनमा करिव नयाँ व्यवस्थापनका साथ […]
पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम
धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज […]
लायन्स क्लबको तीज तथा कानुनी सचेतना कार्यक्रम
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १७ । लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा शनिबार सदरमुकाम बेनीमा तीजको अवसरमा नयाँ कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्कृति जगेर्नाका लागि तीज कार्यक्रम–२०७५ तथा नयाँ कानुनी सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले कला र संस्कृति अमुल्य सम्पति भएकाले यसको […]
मार्कण्ड्य सहकारीको तेस्रो साधारणसभा
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ १७ ।पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा सञ्चालित मार्कण्ड्य उद्यमसिल सहकारी संस्थाको शनिबार तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कुल २२५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २७ लाख ९४ हजार, लगानी ५६ लाख ७५ हजार ४३० र कुल कारोबार ६५ लाख २१ हजार ८४५ रुपैयाँ रहेको […]
च्याम्बर अवार्डबाट दुई विद्यार्थी सम्मानित
विकल्प न्यूज/बेनी भदौ १६ गते । म्याग्दी बहुमुखी क्याम्पसका दुइ विद्यार्थी च्याम्बर अवार्डबाट सम्मानित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारसभाका अवसरमा सर्वोउत्कृष्ट अंक ल्याई व्यवस्थापन संकायबाट स्नातक उत्र्तिण गर्ने बेनी नगरपालिका ६ की सजिना सुवेदी र ९ घतान निवासी मिलन खत्रीलाई च्याम्बर अवार्डबाट सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयले २०७४ […]
निजी क्षेत्र सँगको सहकार्यबाट गण्डकी प्रदेशको समृद्धि ः मन्त्री लम्साल
विकल्प न्यूज/बेनी भदौ १६ गते । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निजी क्षेत्र सँगको सहकार्यबाट नै गण्डकी प्रदेशको विकास र समृद्धि संभव भएको बताउनुभएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो । शनिवार म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक […]
सेतो गुराँसको नवौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ १६ सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको शुक्रबार नवौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । १ हजार तीनसय जनाभन्दा बढी शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड, लगानी आठ करोड, बचत साढे पाँच करोड र कुल कारोबार १० करोड रहेको छ । […]
क्याम्पसमा तीज नृत्य प्रतियोगिता
सन्दीप शर्मा/विकल्प न्यूज म्याग्दी, भदौ १६ गते ।स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा आयोजित अन्तर विद्यालय तथा कलेजस्तरीय तीज नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो । कुल १२ ओटा विद्यालय सहभागी भएको प्रतियोगिताबाट न्यु वेष्ट पोईन्ट कलेज प्रथम, म्याग्दी बहुमुखी क्याम्पस […]
दीपशिखा माविका विद्यार्थीले पठाए मृगौला पीडित सुरेशलाई पाँच हजार
विकल्प न्यूज/बेनी भदौ १५ गते । मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि मंगला गाउँपालिका १ कुहुमा रहेको दीपशिखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहयोग रकम पठाएका छन् । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको सहयोगमा संकलन भएको पाँच हजार एकसय पन्ध्र रुपियाँ मृगौला पीडित सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई शुक्रवार हस्तान्तरण गरिएको हो । […]
जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग
विकल्प न्यूज/बेनी भदौ १५ गते । बेनीमा व्यवसाय गर्ने एकदम्पत्तिले छोराको जन्म दिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । मंगला गाउँपालिका ३ बरंजा खर्कमा स्थायी घर भई हाल बेनीमा म्याग्दी मोटर पार्टस सञ्चालन गर्दै आउनुभएका जिवनाथ सापकोटा र उहाँको श्रीमति राधिका सापकोटाले छोरा आशिष सापकोटाको १७ औं जन्मदिनको अवसर पारेर शुक्रबार शान्तिकोषलाई पाँच […]
बुद्ध एकेडेमीमा विद्यालयअभिभावक सम्पर्क समिति गठन
विकल्प न्यूज/बेनी भदौ १५ गते । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार गेमवहादुर घर्तीको अध्यक्षतामा विद्यालय अभिभावक सम्पर्क समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सावित्री शाह,सदस्य सचिवमा नि.प्रधानाध्यापक धु्रबसागर शर्मा र सदस्यहरुमा बमबहादुर पुन,हेमवहादुर पुन,इन्दिरा कार्की,सुशिला सापकोटा,वसन्ती पाइजा रहनुभएको छ ।समितिका अन्य सदस्यहरुमा भूमिसरा घर्ती,यामकुमारी गर्वुजा,सुमन केसी,खिमा तिलिजा र तुलसी […]