ताजा समाचार:
Search

युवाहरुले जुटाए सुरेशको उपचारका लागि डेढलाख

विकल्प न्यूज/बेनी
भदौ १८ गते । DSC_0294मंगला गाउँपालिका ५ नेटाका युवाहरुले मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि डेढ लाख रुपियाँ जुटाएका छन् ।
मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेपछि यतिखेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएको छ । छन्त्यालको जिवन रक्षाका लागि परोपकारी संस्था ओमकुमारी शान्तिकोषले अभियान सञ्चालन गर्दै आएको छ ।
कोषले सञ्चालन गरेको अभियानका क्रममा अर्मनको जनजागरण युवा क्लबको पहलमा एकलाख पचास हजार तिनसय ९० रुपियाँ क्लबका सचिव विपिन फगामी र सदस्य बाल रोकाले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । DSC_0293 यसै गरि अर्मनकै गहटेमा रहेको फ्युचर स्टार युवा क्लबमा आवद्ध भएका युवाहरुले पाँच हजार र बेनपा ३ भकिम्ली राखुको ओरेन्ज युवा क्लबले पनि पाँचहजार रुपियाँ सहयोग गरेको छ । क्लबमा आवद्ध युवाहरुको सक्रियतामा उक्त रकम संकलन गरिएको अध्यक्ष भुवन रोकाले बताउनुभयो । मृगौला पीडित सुरेशको उपचारमा आर्थिक समस्या भएपछि शान्तिकोषको पहलमा युवाहरु आर्थिक संकलन अभियानमा जुटेका हुन ।