जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी
भदौ १५ गते । help photo बेनीमा व्यवसाय गर्ने एकदम्पत्तिले छोराको जन्म दिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् ।

मंगला गाउँपालिका ३ बरंजा खर्कमा स्थायी घर भई हाल बेनीमा म्याग्दी मोटर पार्टस सञ्चालन गर्दै आउनुभएका जिवनाथ सापकोटा र उहाँको श्रीमति राधिका सापकोटाले छोरा आशिष सापकोटाको १७ औं जन्मदिनको अवसर पारेर शुक्रबार शान्तिकोषलाई पाँच हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको हो ।

संस्थाको नियम अनुसार सापकोटालाई कोषका अध्यक्ष राजेश शाक्यले आजिवन सदस्यता प्रदान गर्नुभएको छ ।
कोषले विपन्न र गरिबीका कारण उपचार गर्न आर्थिक समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । अहिले सम्म दुई दर्जन विरामीहरुलाई कोषले सहयोग गरेको छ । गरिवीका कारण पैसाको अभावमा उपचार गर्न नपाएर मृत्यवरण गर्न नपरोस भनेर संस्थाले दुइ करोडको अक्षय कोष बनाउन लागेको छ ।