कालीगण्डकीमा खसेर बिरामी बेपत्ता

विकल्प न्यूज/बेनी
भदौ १८ गते । beni jomsom sadakफाइल तस्विर

बेनी–जोमसोम सडकबाट चिप्लिएर काली गण्डकीमा एक बिरामी खस्दा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् ।

बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा अन्नपूर्ण गाउँपालिका–६ घारको भीरकाटेमा चिप्लिएर बामबहादुर कालीगण्डकी नदीमा खसेका प्रहरीले जनाएको छ ।

पेट सम्बन्धि रोगबाट धेरै दिनदेखि थलिएका पुर्जालाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्स लिएर श्रीमति मिठू पुर्जासहित हिँडेका थिए ।

बाटो अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतिको हात समाएर पहिरो छिचोल्ने क्रममा बमबहादुर चिप्लिएर नदीमा खसेका थिए । कान्तिपुरबाट