दीपशिखा माविका विद्यार्थीले पठाए मृगौला पीडित सुरेशलाई पाँच हजार

विकल्प न्यूज/बेनी
भदौ १५ गते । DSC_0249मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि मंगला गाउँपालिका १ कुहुमा रहेको दीपशिखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहयोग रकम पठाएका छन् ।

विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको सहयोगमा संकलन भएको पाँच हजार एकसय पन्ध्र रुपियाँ मृगौला पीडित सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई शुक्रवार हस्तान्तरण गरिएको हो ।

कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट कटाएर उक्त रकम संकलन गरेका थिए । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको काठमाण्डौमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएका कारण कोषले पीडित छन्त्यालको जिवन रक्षाका लागि छन्त्याल बचाउ अभियान सञ्चालन गरेको छ ।