च्याम्बर अवार्डबाट दुई विद्यार्थी सम्मानित

विकल्प न्यूज/बेनी
भदौ १६ गते । DSC_0294म्याग्दी बहुमुखी क्याम्पसका दुइ विद्यार्थी च्याम्बर अवार्डबाट सम्मानित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारसभाका अवसरमा सर्वोउत्कृष्ट अंक ल्याई व्यवस्थापन संकायबाट स्नातक उत्र्तिण गर्ने बेनी नगरपालिका ६ की सजिना सुवेदी र ९ घतान निवासी मिलन खत्रीलाई च्याम्बर अवार्डबाट सम्मान गरिएको हो । DSC_0296त्रिभुवन विश्वविद्यालयले २०७४ मा लिएको व्यवस्थापन संकायको परिक्षामा म्याग्दी वहुमुखी क्याम्पसकी सुवेदीले १३ सय २४ (६६.२० प्रतिशत) र क्षेत्रीले १२ सय ६१ (६३ प्रतिशत) अंक ल्याई जिल्लामै उत्कृष्ट स्थान हासिल गरेको भन्दै विद्यार्थीद्धयलाई प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल र उवास संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले नगद पाँचहजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । DSC_0299म्याग्दी उद्योग वाणिज्य संघले आफ्नो वार्षिक साधारणसभाका अवसरमा निजी तथा सामुदायिक क्याम्पस मध्यबाट उत्कृष्ट अंक ल्याई स्नातक उत्र्तिण गर्ने विद्यार्थीहरुलाई च्याम्बर अवार्डले सम्मान गर्ने गरेको छ । गत वर्ष वेनपा ६ की यशोदा सुवेदीलाई सम्मान गरिएको थियो ।