ताजा समाचार:
Search

निजी क्षेत्र सँगको सहकार्यबाट गण्डकी प्रदेशको समृद्धि ः मन्त्री लम्साल

विकल्प न्यूज/बेनी
भदौ १६ गते ।  DSC_0276 गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निजी क्षेत्र सँगको सहकार्यबाट नै गण्डकी प्रदेशको विकास र समृद्धि संभव भएको बताउनुभएको छ । मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने योजना प्रदेश सरकारले बनाएको बताउनुभयो ।

शनिवार म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रमले प्रदेशको विकास र समृद्धिको आधार तयार पारेको दावी गर्नुभयो । पर्यटन,वन,जलस्रोत र कृषि क्षेत्रमा लगानीको अनुकुल वातावरण तयार पार्नका लागि आवश्यक कानुनहरुको निर्माणमा प्रदेश सरकार जुटेको उहाँको भनाई थियो ।

उद्योगमैत्री वातावरण तयार पारि लगानी भित्राउने योजना प्रदेश सरकारले बनाउन लागेको मन्त्री लम्सालले बताउनुभयो । हिजो औद्योगिक वातावरण थिएन विभिन्न कानुनी झटिलताहरु थिए भन्दै मन्त्री लम्सालले भन्नुभयो, ‘आफठ्यारा कानुनहरुलाई परिवर्तन गरि लगानी मैत्री बनाउन प्रदेश सरकार लागेको छ ।’  DSC_0321उद्योग,वन, वातावरण नीति चाँढै बनाउन प्रदेश सरकार जुटेको बताउँदै मन्त्री लम्सालले कानुनी झटीलताका कारण कोही पनि पछि पर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

हामी सँग भएका वन जंगल, जडिवुटी र खानीहरुलाई उचित रुपमा उपयोग गरि लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधारको विकास गर्न प्रदेश सरकारले योजना बनाएको बताउनुभयो । उहाँले चालु आवमा होमस्टेको विकासका लागि ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
विभिन्न जातजातिको वसोवास भएको गण्डकी प्रदेशमा संस्कृतिको खानी नै भएकाले यसको जर्गेना गर्नसकेमा प्रशस्त पर्यटन भित्र्याउन सकिने उहाँको भनाई थियो ।  DSC_0267मन्त्री लम्सालले संघिय सरकारले अवरोध नगरेमा प्रदेशमा विकास गरेर देखाइदिने दावी समेत गर्नुभयो । उहाँले संघिय सरकारले प्रदेशलाई विभिन्न अंकुशहरु ल्गाउन नहुँनेमा जोड दिनुभयो ।

जनतालाई कर तिर्न सक्ने बनाएर मात्र स्थानीय सरकारले कर लिनुपर्ने उहाँको भनाई थियो । जनतालाई करको भारी नबोकाउन उहाँले जनप्रतिनिधिहरुलाई अनुरोध समेत गर्नुभयो ।

प्रदेशमा कर्मचारीको अभाव भएका कारण काम गर्न कठिनाई आएको बताउँदै उहाँले प्रदेशलाई व्यवस्थित बनाउनका लागि संघिय सरकारले आवश्यक व्यवस्थापनमा ध्यान दिन अनुरोध समेत गर्नुभयो ।  मन्त्री लम्सालले कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रुपमा लैजान सकेमा गण्डकी प्रदेशको विकासको ढोका खुल्ने बताउनुभयो । DSC_0316निजी क्षेत्र सँग संकेत गर्दै मन्त्री लम्सालले भन्नुभयो ‘योजना सहित आउनुहोस प्रदेश सरकार सहयोग गर्न तयार छ तर त्यसका लागि ठोस योजना सहितको खाका चाहिन्छ ।’ हिजोको जस्तो तरिकाले अव विकास र समृद्धि हासिल नहुँने भन्दै मन्त्री लम्सालले कर्मचारी,नेता,जनप्रतिनिधि र उद्योगी व्यवसायीहरु समयनुकुल परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरि प्रदेश सांसद विनोद केसीले म्याग्दीमा भएका स्रोतहरुलाई परिचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्रप्रकास ढकालले निजी क्षेत्रलाई साझेदारीका रुपमा लिएर सरकार अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,नेकपाका नेता हरिकृष्ण श्रेष्ठ,नोपली काँग्रेसका उपसभापति माधव प्रसाद रेग्मी,बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लीलाधरअधिकारी,उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइराला,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै गरि आइएलओका कार्यक्रम संयोजक प्रकाश शर्मा, उवास संघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा,पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ,म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदी, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, विभिन्न संघसंस्थाका तर्फबाट रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरज केसीले साधारसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उवासंघका अध्यक्ष उत्तमकुमार कर्मचार्यको अध्यक्षता,कर्मचार्यकै स्वागत र महासचिव लिलाराम गौतमको सञ्चालनमा उद्घाटन सत्र सञ्चालन भएको थियो ।