ताजा समाचार:
Search

म्याग्दी समाचार

पूजाको घरमै पुगेर जन्म दर्ता

विकल्प न्यूज/बेनी भदौ १४ गते ।    बेनी नगरपालिका ६ फोकटेकी पूजा खत्रीको घरमै पुगेर वडा कार्यालयले जन्म दर्ता गरिदिएको छ । वडा अध्यक्ष कृष्ण वहादुर बानियाँ र सचिव चित्रनाथ शर्मा खत्रीको घरमा पुगेर जन्मदार्ता गरिदिएका हुन । पारिवारिक अनमेलका कारण बावा आमाले घर छाडेर हिडेपछि खाने खर्च र लेख्ने कापी कलम नभएपछि कक्षा ६ […]

विपन्न बालबालिकाको शिक्षाका लागि शिखर अर्गनाइजेशनद्धारा सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । गरिबीका कारण शिक्षाबाट बञ्चित भएका बेनी नगरपालिका ६ भरालेका बालबालिकाको शिक्षाका लागि काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडले सहयोग गरेको छ । बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवशिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको हो । गरिब,निमुखा बालबालिका […]

भौतिक पूर्वाधारमा कमी

घनश्याम खड्का /बेनी भदौ १४ गते ।  गीतमा बेनीको बजार सुन्दर छ । म्याग्दी र कालीगण्डकी नदीले घेरिएको बजार क्षेत्र तस्बिरमा पनि उत्तिकै सुन्दर छ । नगरपालिकाले भने यहाँ कार्यालय राख्ने उपयुक्त जग्गा पाउन सकेको छैन । बेनी नगरपालिका साबिकका आठवटा गाउँ विकास समिति गाभेर बनेको हो । १० वटा वडा रहेको यो नगरपालिकालाई उपयुक्त पूर्वाधारसहित कार्यालय राख्ने चुनावी […]

रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वरमा पक्की पुल निर्माण सुरु गरिएको छ । रघुगंगा पाउँपालिका ३ र बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिन लागेको हो । पुल निर्माणको ठेक्का लिएको कालीका गजुरमुखी जेभीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका […]

दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । बुधवार अस्पतालमा आयोजित एक कार्यक्रममा सहयोगदाता सुवेदी […]

आरन पेशाबाट राम्रो आम्दानी

ठाकुरप्रसाद आचार्य/विकल्प भदौ १३ गते । धौलागिरि गाउँपालिका २ लुलाङका गोरे विकले पचास वर्ष देखि गाउँमा आरन पेशा गर्दै आउनुभएको छ । आरन पेशाबाट उहाँले दैनिक घरखर्ची चलाउनुका साथै राम्रो आम्दानी पनि गर्नुभएको छ । सुरुमा बालीघरेका रुपमा आरन पेशा गर्दै आउनुभएका विकले अहिले यसलाई व्यवसायिक बनाउनुभएको छ । फलाम, तामा, पित्तललगायतका धातुबाट घरेलु हतियार, […]

मृर्गौला पीडित विश्वकर्मालाई आर्थिक सहयोग

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १३ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समितिमार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी विश्वकर्मालाई अभियान समितिले […]

महिला उद्यमीहरु सँग विद्यार्थीको छलफल

विकल्प न्यूज/बेनी भदौ १२ गते । वेष्ट पोईन्ट कलेजमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । वेष्ट पोइन्ट कलेज बिबिएस चौथो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुले उद्यम र उद्यमसिलता बिषयक सामुहिक छलफल, प्यानल डिस्कसन कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सभापति, सुनिता केसी । अल्लो कपडा उद्योगको […]

स्वास्थ्यचौकीलाई कार्यालय व्यवस्थापनका सामग्री सहयोग

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १२ ।म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा नवनिर्मित स्वास्थ्यचौकीको भवनलाई कार्यालय व्यवस्थापनका सामग्रीहरु सहयोग भएको छ । एकीकृत पोषणको क्षेत्रमा काम गर्दै आइरहेको मिलन म्याग्दीको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रममार्फत सामग्री सहयोग गरिएको हो । कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक टेबुल २ थान, प्लाष्टिक कुर्सी तीनवटा, सूचना पाटी, ह्वाइट बोर्ड, थर्मस (हटपट), […]

फर्किदै छ पुजाको घरमा खुसी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १२ गते । गरिबीका कारण नियमित विद्यालय आउन नसक्ने भन्दै विद्यालयबाट निष्कासन गरिदिनू भन्ने चिठी लेखेकी पुजाको घरमा यतिखेर भने खुसी भित्रीएको छ । अपाङ्ग हजुर बुवा र भाई बहिनीको हेरचाह गर्नुका साथै दुइछाक खान पनि ज्यला मजदुरी गर्नुपर्ने बाध्यताका कारण विद्यालय आउन नसक्ने मार्मिक चिठी लेखेकी बेनी नगरपालिका ६ […]

एसियाली खेलकुदमा म्याग्दीकी ताराको तिन नयाँ कीर्तिमान

विकल्प न्यूज/बेनी भदौ ११ गते । इन्डोनेशियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदप्रतियोगितामा म्याग्दीकी तारा पुनले नयाँ कीर्तिमान कायम गरेकी छिन् । महिला भारोत्तोलक पुनले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन । आइतवार जकार्ता इन्टरनेसनल एक्स्पो हलमा सागकी कांस्यपदक विजेता तारादेवीले स्न्याचमा ७४ केजी र क्लिक एन्ड जर्कमा एकसय १ केजीसहित कुल १ सय […]

हरेलो मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार

विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १० वाखेतमा लागेको हरेलो मेलामा मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको उपचारका लागि घारसुन्ना लालीगुराँस युवा क्लबको अगुवाई ५४ हजार ३ सय ५५ रुपियाँ सहयोग संकलन भएको क्लबका अध्यक्ष दलवहादुर पाइजाले जानकारी […]

बेनीमा कृषि ज्ञान र पशुसेवा विज्ञ केन्द्रको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी भदौ १० गते । म्याग्दीको सदरमुकाम बेनीमा कृषि ज्ञान र पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश अन्तर्गत रहने गरि कृषि ज्ञान तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापाले आइतवार कार्यालयको उद्द्घाटन गर्नुभएको हो । साविकका जिल्ला पशुसेवा र कृषि विकास […]

बेनपा ६ द्धारा विपन्न बालबालिकाको शिक्षाका लागि कोष स्थापना गर्ने घोषणा

विकल्प न्यूज/बेनी भदौ १० गते । बेनी नगरपालिकाको वडा नम्बर ६ ले गरिब तथा अति विपन्न बालबालिकाको शैक्षिक सुनिश्चितताका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । भदौ १ गते बेनपा ६ की पुजा खत्रीले आर्थिक समस्याका कारण विद्यालयमा आउन नसक्ने भन्दै प्रधानाध्यापकलाई विद्यालयबाट निष्कासन गरिदिन मार्मिक पत्र लेखिकी थिइन । पुजाको जस्तै नियती अन्यबालबालिकाहरुले […]

दोहोरीगीत प्रतिष्ठानको साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी भदौ ९ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा भदौ ९ गते सनिबार म्याग्दी रमाइलो दोहोरि साँझको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले गरेको कार्यको वार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाका सह कोषाध्यक्ष […]