बेनीमा जारी जेसिज कप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी
मंसिर १३ गते ।  

म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि १७ औं जेसिज कप फुटबल प्रतियोगिता अन्तर्गत विहिवार क्याटरफाइनलका खेलहरु समापन भएका छन् ।

बेनीको खुल्ला मञ्चमा सञ्चालित खेलमा विहिवार बेनी आवशीय माविले प्रकाश माध्यमिक विद्यालयलाई २ का विरुद्ध ३ गोल गरेको छ । न्यू वेष्ट प्वाइन्ट आवशीय माविले बेनी सामुदायिकलाई १ का विरुद्ध ३ गोल गरी वेष्ट प्वाइन्ट सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै धौलागिरि मावि सिङ्गाले लिटिल एकेडेमी बेनीलाई शुन्यका विरुद्ध ७ गोल गरेको छ । केभी एकेडेमी दरवाङले माउन्ट एभरेष्ट माविलाई २ का विरुद्ध ३ गोल गरी केभी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिवारको खेलमा प्रकाश माविका खेलाडि क्याप्टेन गणेश चोखाल म्यान अफदी म्याच घोषित भएका छन् । शुक्रवार धौलागिरि मावि सिङ्गा र न्यू वेष्ट प्वाइन्ट आवशीय मावि विच खेल हुने छ । यसै गरी केभी एकेडेमी दरवाङ र बेनी बोर्डिङ आवशीय मावि बेनी विच सेमिफाइनलका खेलहरु हुने जेसीजका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफी, मेडल, प्रमाण–पत्र सहित नगद ४० हजार र २५ हजार रुपैयाँ पुरस्कार विजेता र उपविजेतालाई रहेको छ। अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उहाँका परिवारले स्थापना गर्नुभएको दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोषले खेललाई सहयोग गर्दै आएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ । १६ समूह सहभागि खेल शनिबारसम्म सञ्चालन हुने छ ।