को को परे नेकपाको गण्डकी प्रदेश कमिटीमा म्याग्दीबाट

विकल्प न्यूज/बेनी
मंसिर १३ गते । 

नेपाल कम्युनिष्ट (नेकपा) पार्टी केन्द्रिय सचिवालयको मंगलबारको वैठकले गण्डकी प्रदेश कमिटी सदस्यहरु चयन गरेको छ । पार्टीको प्रदेश सदस्यमा म्याग्दीबाट पूर्व एमालेका ५ जना र माओवादी केन्द्रबाट ३ गरी ८ जना चयन भएका छन् ।

पूर्व एमालेका तर्फबाट गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, तत्कालिन पार्टी अध्यक्ष एवम् जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठ, पूर्व सभासद नवराज शर्मा,मुना बानियाँ र खुमबहादुर बानियाँ चयन भएका छन् भने माओवादी केन्द्रबाट पुर्व सभासद गोविन्द पौडेल, गण्डकी प्रदेश सांसद विनोद केसी र टेकवहादुर विक चयन भएका छन् ।

यस अघि गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको थियो ।