बिजनेस
बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, […]
घलेम्दीको विद्युतगृह निर्माण तिव्र (फोटोफिचर)

विकल्प न्यूज/बेनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन साढे पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युतगृहको संरचना बनाउने काम धमाधम अगाडि बढाएको छ । आगमी चैत्र मसान्त भित्र परिक्षण उत्पादन सुरु गर्न लागेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनीधी(विमल) रिजालले जानकारी दिनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य
सातौं कर दिवसका अवसरमा बेनीको कुमारी सहकारी सम्मानित

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आन्तरिक राजश्व कार्यालय बागलुङले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा बेनीको कुमारी बहुउद्देयीय सहकारी संस्था लिमिटेढलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लाबाट सवैभन्दा वढी आयकर दाखिला गरेको भन्दै उत्कृष्ट करदाताका रुपमा सहकारीलाई सम्मान गरिएको हो । ‘कर समृद्ध नेपालः सुखी नेपालीको भर’ भन्ने नाराका […]
गरिमा बैंकको स्थापना दिवसका अवसरमा बेनीमा रक्तदान

विकल्प न्यूज/बेनी मंसिर ७ गते । गरिमा विकास बैंकको बेनी शाखाले शुक्रवार बेनीमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको १२ औं स्थापना दिवसका अवसरमा शाखा कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रमको बैंकका सञ्चालक समितिका सदस्य डाक्टर भुपेन्द्र वहादुर […]
कर शिक्षा सिकाउदै अान्तरिक राजश्व कार्यालय

विकल्प न्युज र बेनी म्याग्दी, मंसिर ४ गते ।आन्तरिक राजस्व कार्यालय बागलुङको साविकको धवलागिरी अञ्चलमा करदाता शिक्षा अभियानलाई तिब्रता दिएको छ । कर दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा हरेक नागरिकलाई कर शिक्षा आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा कार्यालय […]
सिन्डीकेट अपराध हो ः गृहमन्त्री थापा

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापाले सिन्डीकेटले सिमित व्यक्तिलाई धनी र आम जनतालाई दरिद्र बनाउने भएकाले सिन्डीकेटको अन्त्य हुनुपर्ने बताउनुभयो । मंगलबार साझ म्याग्दीको सदरमुकाम बेनी स्थित वसपार्कमा म्याग्दी कोराला यातायात प्रालिद्धारा सञ्चालित सुपर डिलक्स बससेवाको सुभारम्भ गर्दै गृहमन्त्री थापाले सिमित व्यक्तिले अकुत सम्पत्ति आर्जन गर्नका लागि सिन्डीकेट प्रणाली आएको […]
कुमारी सहकारीको ५९ करोडको कारोवार

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । सदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा करिव ५९ करोड वरावरको कारोवार गरेको छ । संस्थाको बेनीमा सम्पन्न दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कुराको जानकारी गराईएको हो । अधिवेशनबाट सहकारीको नयाँ सञ्चालक समिति समेत निर्वाचित गरेको छ । अधिवेशनबाट सु. थमवहादुर गर्बुजाको अध्यक्षतामा […]
हिमालको फेदीमा सामूहिक चौंरीपालन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रालेक,म्याग्दी कार्तिक १७ गते । अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रालेकमा पालिएका चौंरीगाई र यहाँबाट देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले […]
पुनहिलमा पर्यटकको भीड

विकल्प न्यूज/बेनी असोज २९ गते । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो । अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन […]
धौलागिरी सहकारीको ३२ करोड ८८ लाख लगानी

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १११७ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड ७३ लाख ८० हजार दुईसय, निक्षेप सङ्कलन ३१ करोड १२ लाख ४६५ र लगानी ३२ करोड ८८ लाख ६८ […]
मल्लाज सहकारीको ११औं वार्षिक साधारणसभा

विकल्प न्यूज/जलजला म्याग्दी, असोज २० ।उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्य ७३६ जना, कुल शेयर पुँजी एक करोड ५७ लाख ७९ हजार ४००, निक्षेप सङ्कलन सात करोड ६२ लाख ४४२, लगानी सात करोड १७ लाख २७ हजार ५९ रुपैयाँ रहेको […]
रुप्से सञ्चार सहकारीमा केसीको नेतृत्व

विकल्प न्यूज/बेनी असोज १९ गते । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिकाको मातृ संस्थाको रुपमा रहेको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा ठाकुरप्रसाद […]
रुइसेको पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको रुइसे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि साइकल यात्रा गरिएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा शुक्रवार पर्वतको मालढुङ देखि बेनी–गलेश्वर हुँदै पर्यटकीय गन्तव्य रुइसे भेडीओढार सम्म साइकल यात्रा गरिएको हो । साइकल यात्राले रुइसेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त […]
किन सुरु भएन बेनी–लभ्लीहिल पदमार्ग निर्माण ?

विकल्प न्यूज/बेनी असोज १७ गते । एकमहिना अघि पुजापाठ गरेर शिलान्यास गरिएको बेनी – लभ्लीहिल पदमार्गको निर्माण अझै सुरु गरिएको छैन् । शिलान्यासको एकमहिना वितिसक्दा पनि पदमार्ग निर्माण गर्न कुनै सुरसार गरिएको छैन । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त […]
अरिङ्गालवालीको उदाहरणीय कथा

असोज १६, २०७५ बेनी-अरिङ्गाल व्यवसाय गर्दै आनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उहाँलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले […]