ताजा समाचार:
Search

सिन्डीकेट अपराध हो ः गृहमन्त्री थापा

विकल्प न्यूज/बेनी
कार्तिक २७ गते ।DSC_0064

नेपाल सरकारका  गृहमन्त्री रामवहादुर थापाले सिन्डीकेटले सिमित व्यक्तिलाई धनी र आम जनतालाई दरिद्र बनाउने भएकाले सिन्डीकेटको अन्त्य हुनुपर्ने बताउनुभयो ।

मंगलबार साझ म्याग्दीको सदरमुकाम बेनी स्थित वसपार्कमा म्याग्दी कोराला यातायात प्रालिद्धारा सञ्चालित सुपर डिलक्स बससेवाको  सुभारम्भ गर्दै गृहमन्त्री थापाले सिमित व्यक्तिले अकुत सम्पत्ति आर्जन गर्नका लागि सिन्डीकेट प्रणाली आएको बताउनुभयो ।

गृहमन्त्री थापाले मुठीभर व्यक्तिका हातमा अवसर हुने र आम जनतालाई अवसरबाट बञ्चित गर्न समित व्यक्तिहरुले सिन्डीकेट प्रणाली लादेको बताउनुभयो । सिन्डीकेटलाई राज्यले जसरी पनि तोड्ने उहाँको भनाई थियो ।

अवको लक्ष्य भनेको देशलाई समृद्ध र नेपालीहरुलाई सुखी बनाउने भएको बताउँदै मन्त्री थापाले गरिबीबाट मुक्त बनाउने लक्ष्य सरकारले लिएको बताउनुभयो । देशले लिएको लक्ष्य हासिल गर्नका लागि विभिन्न बाधाहरु छन् । यसमा सिन्डीकेट पनि एक बाधा हो । यसले सिमित मान्छेलाई मात्र धनि बनाउने अवसर हुन्छ । सिन्डीकेट भनेको एकाधिकार हो त्यसैले यसको अन्त्य गर्न राज्यले खोजेको गृहमन्त्री थापाको भनाई थियो । DSC_0070सिमित व्यवसायी र व्यक्तीहरुले व्यवसायमा एकाधिकार गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने खराब प्रवृत्ति सिन्डीकेटमा भएको मन्त्री थापाले बताउनुभयो । यस्तो व्यवसायका कारण सिमित मान्छेहरु मात्र धनि हुने र आम मान्छेहरु गरिब हुने गर्दछन मन्त्री थापाको भनाई थियो । सिन्डीकेट सवै क्षेत्र तिर छ । शिक्षा,स्वास्थ्यका क्षेत्रमा पनि छ । त्यसकारण देश गरिब भयो । समृद्ध हुन सकेन । सवैले समान अवसर पाउने र जनता र देश समृद्ध बनाउन सिन्डीकेट राज्यले तोड्न लागेको उहाँको भनाई थियो ।

यातायातका क्षेत्रलाई व्यवस्थीत र मर्यादित बनाउन सरकारले विशेष ध्यान दिएको उहाँको भनाई थियो ।  अझै पनि व्यवहारिक तरिकाले सन्डिकेट अन्त्य भएको छैन । यसलाई व्यवस्थीत गर्न सरकारले विशेष ध्यान दिएको मन्त्री थापाको भनाई छ ।

यहाँहरुले राखेका समस्याहरुप्रति सरकारको ध्यान गएको बताउँदै उहाँले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात मन्त्रालयले कार्यदल बनाएको उहाँले बताउनुभयो । सिन्डीकेटलाई हटाएर अर्को व्यवस्था ल्याउने सवैलाई अवसर दिने व्यवस्था ल्याउन लागेका छौं मन्त्री थापाले भन्नुभयो ।
सिन्डीकेटलाई राज्यले अपराधको रुपमा परिभाषित गरेकाले अव त्यस्तो गर्नुलाई कानुनले अपराधका रुपमा परिभाषित गरी त्यहि रुपमा कानुनी कारवाही हुन्छ मन्त्री थापाले भन्नुभयो । DSC_0045यातयातलाई व्यवस्थित र सुरक्षित गर्न सकेनौ भने देशको विकास हुन सक्दैन भन्दै उहाँले सडक दुर्घटनका कारण दुइहजार भन्दा वढी नागरिकको ज्यान जाने गरेको भन्दै यातायात क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार लागेको बताउनुभयो ।

सस्तो र आरमदायी यात्राका लागि यातायात व्यवसायीहरुले ध्यान दिनुपर्ने उहाले बताउनुभयो । जनताको सेवा गर्ने र देशलाई समृद्ध बनाउन म्याग्दी कोराला यातायातले योगदान दिने विश्वास व्यवक्त गर्नुभयो । विदेश गएका युवाहरुलाई स्वदेश फर्काउने र समृद्ध देश निर्माण गर्न यहाँको योगदानको अपेक्षा राख्दछु गृहमन्त्री थापाले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्र व्यवस्थित नहुँदा नागरिकहरुले दुःख र सास्ती पाएको बताउँदै यसलाई व्यवस्थित बनाउन पहल गर्ने बताउनुभयो ।

प्रालिका सञ्चालक प्रकाश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत अध्यक्ष सुरत केसीले गर्नुभएको थियो भने सञ्चालक नरेश रोकायले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्र्नुभएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,नेकपाका नेता,कार्यकर्ता र सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो ।
प्रालिले बेनी काठमाण्डौं भिआइपी सुविधा सम्पन्न दुइवटा बस सहित सेवा विस्तार गरेको छ । प्रालीले यस अघि बेनी पोखरा,बेनी काठमाण्डौं र पोखरा जोमसोम उच्च स्तरीय सुविधा सहितको वस सेवा दिँदै आएको छ । प्रालिले करिव ७ करोड लगानी गरिसकेको छ ।