बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन

धिरन खत्री /विकल्प न्यूज
म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, सह–सचिवमा महेश बरुवाल रहेको जिफन्टको सदस्यहरुमा जितबहादुर सुनार, तेजबहादुर परियार र प्रतिक्षा किसान चयन भएका छन् ।

जिफन्ट म्याग्दीका उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्तममा जिफन्ट गण्डकी प्रदेशका उपाध्यक्ष नन्दलाल अधिकारीले ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम’ को ब्यवस्था भएको नीतिलाई स्थानीय सरकारले श्रमिकहरुको पक्षमा लागु गर्नुपर्ने बताए । सरकारले लिएको श्रमिक नीति श्रम गर्ने श्रमिकको पक्षमा भएको बताउदै नयाँ नीतिलाई कार्यान्वयनमा ल्याउन सबै श्रमिको एकता आवश्यक रहेको बताउदै स्थानीयस्तरर्मो श्रमिकहरुलाई एकता आवश्यक रहेको बताए ।

त्यस्तै सामाजिक सुरक्षा कोषका प्रवन्धका केन्द्रिय सदस्य किशोरप्रसाद आचार्य र जिफन्ट गण्डकी प्रदेशका युवा अध्यक्ष तिर्थ मगरले श्रमिकहरुको एकता भएमा मर्यादित रोजगारलाई लागु गर्न सक्नेमा जोड दिएका थिए । जसले काम गर्छ त्यो युवा हो, काम गर्ने श्रमिकहरुको आम्दानीले परिवारको आधारभूत आवश्यकताका लागि पुग्ने तलव सुविधा काम गर्ने श्रमिकको पक्षमा ब्यवस्था हुनुपर्नेे बताए । जिफन्ट गण्डकी प्रदेशकी सदस्य प्रमिला शर्मा (परि)ले कार्यक्रमको संचालन गरेकी थिईन् ।