समाचार

‘पेरिस आक्रमणको योजना विदेशमा बन्यो, घरेलु तत्वले सघाए’

२८ कत्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्डले पेरिसमा भएको आक्रमणलाई चरमपन्थी संगठन इस्लामिक स्टेटको तर्फबाट युद्धको घोषणाको संज्ञा दिएका छन् । यो आक्रमणको योजना विदेशमा बनेको तर, फ्रान्समा बसेका तत्वले सहयोग गरेको उनले बताए । शुक्रबार राति पेरिसमा भएको आक्रमणमा १२८ जनाको मृत्यु भएको छ । यसलाई विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ […]

अखिल क्रान्तिकारीका एक पदाधिकारीसहित २१ सदस्य ‘नयाँशक्ति’मा

 २६ कात्तिक, काठमाडौं । एमाओवादी निकट अखिल क्रान्तिकारीबाट एक पदाधिकारीसहित २१ सदस्य डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिमा लागेका छन् । अखिल क्रान्तिकारीको १५१ सदस्यीय केन्द्रीय समितिमध्ये १२ जनाको पदाधिकारी छ । त्यही पदाधिकारीमध्येबाट होमकुमारी पौडेलसहित २१ सदस्य नयाँ शक्तिमा लागेका छन् । पौडेल अखिल क्रान्तिकारीको पूर्वसचिवसमेत हुन्, जतिबेला क्रान्तिकारीका १८ सचिव थिए । खासै असर पर्दैैन : […]

भारतीय राजदूतलाई देश निकाला गर्न एमाले नेताको माग

२६ कात्तिक, काठमाडौं । भारतीय राजदूत रन्जित राय नेपालभित्र लगातार विवादित बन्दै गएका छन् । पछिल्लो समय सञ्चारमाध्यमहरु मार्फत उनले दिइरहेका राजनीतिक अभिव्यक्तिले गर्दा उनको तीव्र आलोचना हुन थालेको छ । राजदूत रायका गतिविधिलाई लिएर एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख सूर्य थापाले कडा अभिव्यक्ति दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले राजदूतलाई देशनिकाला […]

अाजदेखि नेपाल संवत् ११३६ सुरू, म्हः पूजा पनि आजै

२६ कात्तिक, काठमाडौं । नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवत्को मान्यता पाएको […]

तिहारमा स्वास्थ्य रक्षा कसरी गर्ने, जनस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र पाण्डेका टिप्स

  १. तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावत: चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ ! चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप/ मधुमेह / अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला । २. तेलमा […]

आज तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिँदै

२६ कात्तिक, काठमाडौं । यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत […]

बेनीमा लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्ती मनाइयो

सन्तोष गौतम / विकल्प म्याग्दी २५ कात्तिक । म्याग्दीका साहीत्यकारहरुले बुधबार विभिन्न कार्यक्रम गरेर महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्ती मनाएका छन् । देवकोटाको जन्म जयन्तीको अवसर पारेर बेनीमा दुई वटा कृतीको पनि बिमोचन गरिएको छ । साहित्यकार सञ्जयकुमार श्रेष्ठद्धारा लिखित कथा संग्रह ‘सम्मान र ताली’ तथा शिव सस्मीतको गजल संग्रह ‘बहाव’को बिमोचन गरिएको हो […]

राष्ट्रसंघले भन्यो-नेपालको पारवहन अधिकार हनन् भयो

२५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथि लगाइएको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको भन्दै तत्काल नाकाबन्दी हटाउन आग्रह गरेका छन् । साथै वानले पहिलोपटक भूपेरिवेष्ठित मुलुकका रुपमा नेपाल पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन् भएको प्रतिसमेत चिन्ता जनाएका छन् । महासचिव वानका प्रवक्ताले बुधबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा नेपाल-भारत सीमा क्षेत्रमा भइरहेको […]

म्याग्दीमा नयाँ शक्ति

नयाँ शक्तिको निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति गठनको अभियान चलिरहेको अवस्थामा म्याग्दीमा फेसबुकबाट नयाँ शक्तिको अभियान सुरु भएको छ । जिल्लामा भट्टराई पक्षदर मानिएका नेताहरू चुपाचाप रहेको अवस्थामा फेसबुकमार्फत जिल्लामा पत्रकार, नागरिक समाज, ब्यापारी लगाएतलाई फेसबुकबाट साथीको निम्तो दिइएको छ । फेसबुकमा ३ सय ७६ साथी बनाइसकेको छ भने त्यहाँ […]

सांसदहरुद्वारा चियापान तथा शुभकामना आदानप्रदान

विकल्प /म्याग्दी कात्तिक २४ गते । व्यवस्थापिका संसदमा म्याग्दीबाट प्रतिनिधित्व गर्ने म्याग्दीका सांसदहरु नवराज शर्मा र नरदेवी पुनले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली, नेपाल संवत्, छठपर्व तथा नयाँ संविधान जारी भएको अवसर पारेर उनीहरुले मङ्गलबार बेनीमा कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद नवराज शर्माले अहिलेको नाकाबन्दीलाई […]

उपभोक्ताको तिव्र गुनासो आएपछि प्रशासनद्वारा बजारको अनुगमन

विकल्प / म्याग्दी, कार्तिक २४ म्याग्दीका उपभोक्ताहरुले बजारमा कालोबाजारी वढेको भन्दै तिव्र गुनासो गर्न थालेपछि जिल्ला प्रशासनले सदरमुकाम बेनीबजारमा सञ्चालनमा रहेका विभिन्न पसलहरुको मङ्गलबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्रहरी कार्यालय, कृषि विकास, नागरिक समाज, उद्योग वाणिज्य संघ र पत्रकारको टोलीमार्फत संयुक्त रुपमा खाद्यान्न पसलको अनुगमन गरिएको हो । अनुगमन टोलीले बेनीबजारका […]

विद्युतको माग बढ्यो, मितव्ययिता अपनाउन प्राधिकरणको आग्रह

  कार्तिक २४ गते / तिहारको समयमा अत्यधिक विद्युत माग हुने भएकाले प्रयोगमा मितव्ययिता अपनाउन नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको अवस्थामा खाना पकाउनका लागिसमेत विद्युत्कै प्रयोग भइरहेको र बत्तीको पर्व तिहारमा माग बढी हुने भएकाले कम प्रयोग गर्न जोड दिएको हो । माग बढी हुँदा आपूर्ति […]

शान्ति समाजको केन्द्रिय परिषद् बैठक गलेश्वरमा हँुदै

सन्तोष गौतम / विकल्प म्याग्दी २४ कात्तिक । शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि क्रियाशिल स्वमसेवी संस्था मानव तथा शान्ति समाजको १८ केन्द्रिय परिषद् बैठक आगामी मंसिर ४ र ५ गते म्याग्दीमा हुने भएको छ । समाजको म्याग्दी शाखाको आतिथ्यतामा मंसिर ४ गते बेनीमा उद्घाटन गरि ५ गते गलेश्वरमा सञ्चालन हुने बैठकको तयारी तिब्र […]

प्रधानमन्त्रीको विशेष घोषणा आज नहुने

  नवविकल्प /२४ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा गर्ने भनिएको सन्देश समय अभाव र तयारी अपुगका कारण नहुने भएको छ । ओलीले आफू प्रधानमन्त्री निर्वाचित भएपछिको संकटपूर्ण अवस्था र आफूले गर्न लागेका प्रमुख कामहरुको बारेमा जनतालाई जानकारी गराउने बताएका थिए । आज देशबासीका नाममा सम्बोधन आउने सम्भावना कम रहेको प्रधानमन्त्रीका प्रेस […]

अठार वर्ष पछि फर्कियो खुसी

हरिकृष्ण गौतम /नवविकल्प एउटा पुरानो भनाई नै छ । परिवारमा पुरुष शिक्षित भए आफुँमात्रै र आमा शिक्षित भए त्यस परिवार नै शिक्षित रहने र परिवार चलाउन सक्छ । त्यस्तै भएको छ म्याग्दीको बेनी नगरपालिका–४ ज्यामरुककोट दारिमपाँटामा ।१८ बर्ष अगाडी घरबाटै हराएको छोरालाई खोज्न सफल भएकी छिन् लक्ष्मी खत्री । १५ बर्षको उमेरमा बेपत्ता भएको छोराको […]