बेनीमा गोलापोलाबाट ग्यास वितरण गरिने

म्याग्दी/विकल्प
मंसिर ११ गते ।
बेनी बजारमा गोला प्रथाबाट ग्यास वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहीबार बसेको प्रशासन, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, राजनितिक दल, उपभोक्ता मञ्च,पत्रकार र नागरीक समाजको प्रतिनिधिहरुको बैठकले ग्यास वितरणका लागि गोला प्रथा अपनाउने निर्णय गरेको हो ।

htftt}sf] ;d:of=========== DofUbLsf] a]gLdf cfO{taf/ laxfg vfgf ksfpg] PnkL UofF;sf] l;nL08/ ;f6gsf nflu nfO{g ldnfP/ /flvPsf l;nL08/x? . dfu cg';f/sf] UofF; cfk'tL{ gx'Fbf DofUbLsf pkef]Qmfx? ;d:ofdf k/]sf 5g . tl:j/ ;Gtf]if uf}td, /f;;, DofUbL

उद्योग वाणिज्य संघ र प्रशासनको संयोजनमा वितरण गरिएको ग्यास उपभोक्ता परिचयत्र पत्र लिएकालाई शुक्रबार गोला तान्न लगाउने र ग्यास पर्नेलाई शनिबार वितरण गर्ने निर्णय भएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

बेनीमा भित्रिन लागेको चार सय सिलीण्डर ग्यासका लागि तिन हजार पाँचसय जना भन्दा बढीले माग गरेपछि ब्यवस्थित बनाउन गोलाप्रथाको विकल्प अपनाइएको हो । ७.१ किलोग्रामको आधा सिलीण्डर ग्यासका लागि उपभोक्ताले ८२५ रुपैया तिर्नुपर्नेछ ।
परिचयपत्रका आधारमा गोला तान्न लगाइने भएको छ । यसपटक गोला परेर ग्यास पाउनेले अर्को पटक पाउने छैनन् । नपाएकालाई अर्को पटक प्राथमिकता दिइने भएको छ ।

परिचयपत्र लिनेको संख्या अनुसार गोला बनाइएपनि चार सय वटा गोलामा ग्यास पाउने संकेत उल्लेख गरिनेछ । ग्यास पाउने संकेत भएको गोला थुत्नेले आफ्नो डिलरकहाँबाट सिलीण्डर साट्न पाउने जनाइएको छ । यसैगरी बेनीको पेट्रोल पम्पमा मौज्दात रहेको चार हजार एक सय लिटर डिजेल जिल्लाभित्र सञ्चालन हुने भाडाका सवारी साधनलाई दुरीको आधारमा गन्तब्यमा पुग्न र फर्कन पुग्ने गरि डिजेल वितरण गर्ने सहमती भएको छ ।