शैक्षिक सुधारका लागि शिक्षा कार्यालयको बैठक सदरमुकाम बाहीर

सन्तोष गौतम / विकल्प
म्याग्दी,मंसिर १० गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीको बिहीबार पहिलो पटक सदरमुकाम बाहीर मासिक बैठक बसेको छ । सदरमुकाम बाहीरका विद्यालयको शैक्षिक तथा भौतिक समस्या पहिचान गरी सुधार गर्ने उद्देश्यले अब देखि मासिक बैठक स्रोत केन्द्रमा बस्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

शैक्षिक समस्या, कार्यालयबाट प्रवाह हुने सेवा, सुबिधा र सहयोगको पहिचान तथा अनुगमनलाई थप व्यवस्थित बनाउन मासिक बैठक स्रोत केन्द्रमा पुगेर बस्न थालीएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार शिक्षा कार्यालयको सेवा सुबिधा खोज्दै सर्वसाधारण सदरमुकाम होईन गाउँमै गएर त्यहाँको आवश्यकता र समस्या पहिचान गर्ने उद्देश्यले प्रत्येक महिना स्रोत केन्द्रहरुमा पुगेर बैठक बस्न थालीएको हो ।

DSC04393

मासिक बैठकका लागि स्रोत केन्द्र पुग्नुका साथै विद्यालयको कक्षा अनुगमन र सरोकारवालाहरुसंगको अन्तरक्रियालाई पनि प्रभावकारी बनाइने जिशिअ अधिकारीले बताउनुभयो । अब शिक्षा कार्यालयको कुनै पनि बैठक कार्यालयमा नबस्ने उहाँले जानकारी दिनुभयो । सदरमुकाम बाहीर पहिलो पटक बिहीबार बाबियाचौर स्थित मंगला उच्च माविमा बसेको बैठकमा जिल्ला शिक्षा अधिकारी, विद्यालय निरिक्षक, प्राबिधिक सहायक, शैक्षिक तालीम केन्द्रका प्रमुखका साथै सबै स्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मंगला उच्च माबिका स्रोत व्यक्ति डेकबहादुर बानियाले सञ्चालन गर्नुभएको उक्त बैठकमा स्रोत व्यक्तिहरुले मासिक प्रगति प्रतिवेदन र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने शिक्षा कार्यालयको योजना, साक्षरता अभियान लगायतका विषयमा छलफल भएको थियो । जिल्ला शिक्षा कार्यालय अन्तरगत म्याग्दीमा १२ वटा स्रोत केन्द्र छन् ।

DSC04382बैठकका लागि बाबियाचौर पुगेको शिक्षा कार्यालयको टोलीले मंगला उच्च मावि, प्राभात प्राबि सिमलचौर, डनीङ ईङलीस बोर्डीङ स्कुल बाबियाचौ र ज्ञानोदय प्राबि रणवाङको कक्षा अवलोकन गरेको थियो । कक्षा कोठामा शिक्षकले पढाएको विद्यार्थीले बुझे नबुझेको, शैक्षिक वातावरण, भौतिक पुर्वाधार, सकारात्मक अभ्यासको विषयमा अनुगमन गरेको टोलीले पहिचान भएका समस्या समाधानका लागि विद्यालय प्रशासनलाई लिखित सुझाव दिएको छ ।

विद्यार्थीमा सिकाई उपलब्धी वृद्धी गर्न शिक्षण बिधीमा सुधार र परिवर्तन, शैक्षिक सामाग्रीको प्रयोग, निरन्तर विद्यार्थी मूल्याङकन फारमको प्रयोग गर्न शिक्षकहरुलाई सुझाव दिइएको छ । मंगला उच्च मावि बाबियाचौरका प्राचार्य गमबहादुर केसीले विद्यालयको शैक्षिक अवस्था र सिकाई उपलब्धि बृद्धीका लागि शिक्षा कार्यालयले थालेको गाउँ केन्द्रित अभियान उपयोगी हुने बताउनुभयो ।

जिल्ला स्तरबाट कक्षाकोठाको अनुगमनलाई निरन्तरता दिन सकेमा शैक्षिक वातावरण सुधारका साथै विद्यालय प्रशासन र शिक्षकहरु सचेत हुने डनीङ ईङलीस बोडीङ स्कुलका प्रिन्सीपल यामबहादुर रोकाले बताउनुभयो ।