म्याग्दीको कुहुँमा यसरी हुन्छ पुष्प खेती

विकल्प /म्याग्दी
मंसिर १० गते ।
म्याग्दीको कुहुँ गाविस–८ थाइवाङमा ब्यवसायीक पुष्पखेती सुरू गरिएको छ । अन्न वाली लगाउन छाडेर यहाँका स्थानीयवासीहरुले पुष्प खेती गर्न थालेका हुन । थाइवाङ गाउँमा महिलाको नेतृत्वमा फुलको व्यवसायीक खेती गर्न लागिएको हो ।

IMG_2891
बजारमा हुने कार्यक्रमहरुमा फुलको माग बढ्न थालेपछि यहाँका महिलाहरु व्यवसायीकरुपमा पुष्पखेति सुरु गरेका हुन । उनीहरुले स्थानीय यामकुमारी पुनको नेतृत्वमा समुह बनाएर पुष्प खेति गर्दै आएका छन् । यहाँ उत्पादन भएको फुल प्रसिद्ध गोरखाको मनकमाना, म्याग्दीको गलेश्वरधाम लगायतका देशका अन्य मन्दिरहरुमा बिक्री हुने यामकुमारी पुनले बताउनुभयो ।

IMG_0397
बेमौसमी समयमा यहाँ उत्पादन हुने पुष्पको माग अत्याधिक हुने गरेको उनीहरु बताउँछन् । अहिले पनि खेतबारीमा फूल ढकमक देखिन्छ । थाईवाङमा र भर्जुलाको ७ रोपनीमा खेतबारीमा गरेको फूलखेतीबाट पुनले राम्रो आम्दानी गर्न थालेपछि गाउँका अन्य ब्यक्तिहरुले पनि अन्नबाली लगाउने ठाउँमा फुलखेतीको सुरुवात गरेको थाईवाङ निमावीका शिक्षक बलिभद्र गौतमले बताउनुभयो ।
एकल महिला समेत रहेकी पुनको सक्रियतामा विभिन्न गैरसरकारी संस्थाबाट तालिम लिएका भर्जुलाका आठ जना महिलाले समेत ब्यवसायीकरुपमा पुष्प खेती सुरू गरेका छन् । महिलाहरुको सक्रियातामा गाउँलाई फुल खेति पकेट क्षेत्र घोषणा गर्न लागेको शिक्षक गौतमले बताउनुभयो ।

IMG_0400
धार्मिक क्षेत्रसंगै जिल्लास्तरमा हुने कार्यक्रममा समेत विभिन्न प्रजातीका फुलहरुको माग बढ्न थालेकाले बजारको समस्या नभएको उनिहरुको भनाई छ ।

12291927_910988178988505_1549839447437269279_o
यसपटक करिव ५ सय केजी भन्दा बढि फुल निर्यात गरेका छन् । सयपत्री,मखमली, जगन्नाथे, संक्राती, लालुपाते, तिहारेफुल, लटरी लगाएतका फुलहरू उत्पादन गर्ने गरिएको छ । एकबर्ष परिक्षण उत्पादन गरेर सफल भएपछि गतबर्षदेखी विक्री सुरू भइरहेको उनीहरु बताउँछन् । निर्मल खत्री