नयाँ शक्ति म्याग्दीले बेनीमा पर्चा बाड्यो

विकल्प /म्याग्दी
मंसिर १० गते । नयाँ शक्ति अभियान म्याग्दीले बेनीबजारमा पर्चा वितरण गरेको छ । नयाँ शक्तिका वारेमा लेखिएको पर्चा बेनीबजारमा वाडिएको अभियानका अभियन्ता अनिश गौतमले जानकारी दिए ।

DSC06607
सदरमुकाम बेनीबजारका उद्योगी,व्यवसायी, नागरिकहरु तथा सरकारी एवम् विभिन्न संघसस्थाका कार्यालयमा नयाँ शक्ति निर्माण अभियान लेखिएको पर्चा वाडिएको हो ।
अभियानको प्रारम्भिक चरणमा पर्चा वितरण,छलफल र अन्क्रिया गरीने गौतमले जानकारी दिएका छन् । उनका अनसार नयाँ शक्ति निर्माण अभियानको अभियन्ता हुनका लागि फारम भर्न कार्य सुरु गरिएको छ ।

DSC06609
नयाँ शक्ति निर्माणको अभियान जिल्लामा तिव्र तरिकाले लैजाने अर्का अभियान्ता एवम् युवा व्यवसायी इन्द्रमगरले बताउनुभयो । पुनले भन्नुभयो, ‘धेरै व्यक्तिहरुबाट नयाँ शक्ति प्रति सहयोग र सदभाव प्राप्त भएको छ ।’ जिल्लामा चाढै नै डाक्टर बावुराम भट्राई सहितको वृहत अन्तरक्रिया कार्यक्रमको गरिने मगरले जानकारी दिनुभएको छ । जिल्लाका बुद्धिजिवी,व्यवसायी,विद्यार्थी र जिल्लावासी सर्वसाधरणहरुलाई नयाँ शक्ति निर्माण अभियानका लाग्न मगरले आग्रह गरेका छन् ।

DSC06605 हालैमात्र काठमाण्डौमा केन्द्रिय भेला सम्पन्न गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्राईको नेतृत्वमा रहेको नयाँ शक्तिले म्याग्दीमा आफ्नो प्रचारलाई तिव्र बनाउने बुझिएको छ ।