गलेश्वरमा बाला चर्तुदर्शी पुजालाई व्यवस्थित बनाउन समिति गठन

विकल्प/म्याग्दी
मंसिर १० गते ।
बेनी नगरपालीका ९ मा रहेको गलेश्वर क्षेत्र विकास कोषको प्रबन्ध समितिको बिहीबार बसेको बैठकले मंसिर २३ र २४ गते हुने बालाचर्तुदर्शी मेला, पर्व सञ्चालन एवं व्यवस्थापनका लागि मुल समिति गठन गरेको छ ।

12279222_1692351911010338_7238451861530193575_n

कोषका अध्यक्ष रुद्रबहादुर केसीको संयोजकत्वमा कोषका पदाधिकारी, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख, कोषका आमन्त्रीत सदस्य, उपसमितिका संयोजक र जिल्लाका सम्पूर्ण पत्रकारहरु सदस्य रहेको मुल समिति गठन भएको हो ।

भक्तजनको घुईचो लाग्ने बालाचर्तुदर्शी मेलालाई ब्यवस्थित, सुरक्षित बनाउनका लागि शान्ति सुरक्षा, स्वास्थ्य सेवा, सरसफाई, पुजा ब्यवस्था, स्वमसेवक, प्रचारप्रसार लगायत विभिन्न १६ वटा उपसमिति पनि गठन भएको कोषका कार्यालय सचिव योगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

बालाचर्तुदर्शीका दिन गलेश्वरमा दिवंगत आफन्तको स्मृतीमा सतबिज छर्ने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । सन्तोष गौतम