म्याग्दीकी दिवा पुन गैसस महासंघको केन्द्रिय सदस्यमा विजयी

विकल्प/म्याग्दी
मंसिर ९ गते । म्याग्दीकी दिवा पुन गैर सरकारी संस्था महासंघको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभएको छ । काठमाण्डौमा मंसिर ७ र ८ गते सम्पन्न भएको आठौं महाधिवेशनमा महिला तर्फको खुल्ला केन्द्रिय सदस्यमा विजयी हुनुभएको गैसस म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो ।

11012826_615250801947904_48427545339561510_n
पुनले ४१७ मत प्राप्त गर्नु भएको लाल युवा क्लब कुहुँ म्याग्दीका सचिव सागर सुवेदीले जानकारी दिनुभएको छ । काठमाण्डौमा सम्पन्न अधिवेशनबाट गोपाल लम्सालको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन गरेको छ ।
अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित पुन गैसस महासंघ म्याग्दीको सल्लाहकार हुनुहुन्छ । म्याग्दीको सामाजिक क्षेत्रमा क्रियाशिल मिलन म्याग्दीको कार्यकारी निर्देशक समेत रहनुभएको पुन जिल्लामा लामो समयसम्म गैरसरकारी क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । देशभरबाट आठसय प्रतिनिधी रहेको अबिधेशनमा करिव ६ सय जनाले निर्वाचनमा भाग लिएको सागर सुवेदीले बताउनुभयो । प्रधानमन्त्रि केपी शर्मा वलीले अधिबेशनको उद्दघाटन गर्नुभएको थियो । ठाकुप्रसाद आचार्य